कारोबार


चिनियाँ मोडललाई टक्कर दिनेगरी हुन्डाईले ल्यायो क्रेटा इभी, रेञ्ज ४०० किमी

चिनियाँ मोडललाई टक्कर दिनेगरी हुन्डाईले ल्यायो क्रेटा इभी, रेञ्ज ४०० किमी

वसन्त अर्याल
माघ ४, २०८१ शुक्रबार १६:३३, नयाँ दिल्ली (भारत)

चिनियाँ ब्रान्डलाई टक्कर दिनेगरी हुन्डाईले क्रेटा इभी सार्वजनिक गरेको छ। चिनियाँ ब्रान्डको बजार हिस्सा बढिरहेको समयमा हुन्डाईको क्रेटा इभी ल्याएको छ। 

पेट्रोलियम इन्जिनमा बजारमा आएको १० वर्षपछि क्रेटा इभी बजारमा आएको छ। भारतमा शुक्रबार सुरु भएको अटो एक्स्पोमा क्रेटा सार्वजनिक भएको छ। हुन्डाई कोरियन ब्रान्ड भएपनि क्रेटा ईभी हुन्डाई मोटर्स इन्डियाले डिजाइनगरी बजारमा ल्याएको छ। 

हुन्डाईमा २ वटा ब्याट्रि अप्सनमा रहेको छ। ४२ किलोवाट आवर ब्याट्रि आवर ३९० किमी रेञ्ज दिन्छ भने ५१.४ किलोवाट आवर ब्याट्रिको गाडी ४७३ किमी रहेको छ। गाडीमा ९९ किलोवाट र १२६ किलोवाटका मोटर छन्। गाडीको ग्राउन्ड किलियरेन्स २०० एमएम छ। जसले नेपाली सडकमा कुदाउन सहज हुन्छ। 

११ किलोवाटको स्मार्ट चार्जरबाट फुल चार्ज हुन ४ घण्टा लाग्छ। डिसी फास्ट चार्जरबाट ८० प्रतिशत चार्ज १ घण्टामै हुन्छ।

हुन्डाई मोटर्स इिन्डयाका प्रवन्ध निर्देशक अन्सु किमले भारतको चेन्नाईमै क्रेटा इभीको उत्पादन शुरू गरेको बताए।  

कम्पनीका सिओओ तरूण गर्गले इलेक्ट्रिक गाडीनै हुन्डाई क्रेटा हुने बताए। ७।९ सेकेन्डमै १०० किमीको स्पिडमा कुद्न सक्छ। क्रेटा ईभी माइनस ३५ डिग्रीसम्म चल्न सक्छ। 

क्रेटा ईभीको शुरूवाती मूल्य १७ लाख ९९ हजार भारतीय रूपैयाँ रहेको छ। 

गाडीको ब्याट्रीमा ८ वर्ष वा १ लाख ६० हजारसम्म कुद्ने वारेन्टी रहेको बताए। 

गाडीमा ८ स्पिकर साउन्ड सिस्टम छन्। भ्यावाई कमान्ड फिचर्स सहित प्यानारोमिक सनरुफ छ। ७० वटा कनेक्टेड फिचर्स छन्। हुन्डाई स्मार्टसेन्स लेभल २ एडास सहित १९ फिचर्स रहेका छन्। ह्वीलबेस २६ सय १० एमएम रहेको गाडीको ग्राउन्ड क्लियरेन्स १७५ एमएम रहेको छ।

हुन्डाई मोटर इन्डिया लिमिटेडले बजारमा आउने क्रेटा ईभी ४ भेरियन्ट र १० रंगको विकल्पसहित हुने जानकारी दिएको छ। ४ भेरियन्टमा एक्जिक्युटिभ, स्मार्ट, प्रिमियम र एक्सिलेन्स रहनेछन्। 

फ्रेबुअरीमा २ भेरियन्ट सहित नेपाल आउने

नेपालमा हुन्डाईका लागि आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले भारतमा सार्वजनिक भए लगत्तै नेपाली बजारमा ल्याउने जानकारी दिएको छ।  विद्युतीय गाडीमा भारतीय बजार विस्तारै अघि बढ्दा नेपालमा आक्रमक रुपमा अघि बढेको छ। 

नेपालमा बिक्री हुने निजी गाडी ७० प्रतिशत विद्युतीय नै हुने गरेका छन् नेपालमा चिनियाँ ब्रान्डको बढ्दो उपस्थितिलाई क्रेटाले चुनौति दिने धेरैको आकलन छ।
नेपालमा हुन्डाईको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलका महाप्रबन्धक दीपक थपलियाले फ्रेबुअरी महिनामै नेपालमा हुन्डाईको ईभी क्रेटा सार्वजनिक हुने बताए।

तत्काल नेपालमा ४२ किलोवाट आवरको ब्याट्रि र ९९ किलोवाट मोटर भेरियन्टको मात्रै उपलब्ध हुनेछ। एक्जुकेटिभ र प्रिमियम भेरियन्ट उपलब्ध हुने छ। भारतमा ५१।४ किलोवाट आवरको ब्याट्रि र १२६ किलोवाट आवरको मोटर भएको तत्काल नेपाल आउने संभावना छैन। 

सरकारले १०० किलोवाट माथीका विद्युतीय गाडीमा बढी कर लगाएकाले कम्पनीले यही ब्याट्रिमा १०० किलोवाट मोटर उपलब्ध भए ल्याउने जनाएको छ। 


हुन्डाईले नवलपरासीमा एसेम्बल प्लान्ट स्थापना गरी गाडी उत्पादन नै सुरु गरेको छ। कम्पनीले हाल पेट्रोलका मोडल उत्पादन गरिरहेको छ। क्रेटा नेपालमा भित्रिएसँगै नवलपरासीको एसेम्बल युनिटबाटै उत्पादन गर्ने योजना छ।

पेट्रोल गाडी एसेम्बल गरिरहेको सेटअपमा केही परिवर्तन गरी विद्युतीय गाडी उत्पादन गर्न सकिने लक्ष्मी ग्रुपले जनाएको छ। तर पेट्रोलियम गाडीको तुलनामा सरकारले विद्युतीय गाडीमा कम कर भएकाले तत्काल एसेम्बल गर्दा फाइदा नहुने कम्पनीको आंकलन छ। 

नेपालमा क्रेटा २०७२ भदौमा लञ्च गरिएको थियो। हुन्डाईका मोडल मध्ये नेपालमा धेरै बिक्री हुनेमा क्रेटा एसयूभी पर्छ। कम्पनीले नेपालमा विद्युतीय क्रेटा सार्वजनिक भएसँगै ‘मास प्रोडक्ट’ हुने दाबी गरेको छ। 

‘२०२४ मा हुन्डाईको पेट्रोल क्रेटा ७७५ वटा बिक्री भैसकेका छन्,’ थपलिया भन्छन्,‘१० वर्षमा १० हजार युनिट क्रेटा नेपाली सडकमा कुदिरहेका छन्। इभी क्रेटालेपनि बजार लिड गर्छ।’

नेपाली बजारमा करिब ५५ लाख हाराहारीमा उपलब्ध हुने अनुमान गरिएको छ। अहिले नेपालमा ५६ लाख ९६ हजार छ। भारतमा पेट्रोल के्रटाको तुलनामा विद्युतीय क्रेटा ६ लाख फरक भएपनि नेपालमा पेट्रोल र इभीको मूल्य खासै फरक हुने छैन। नेपाल सरकारले विद्युतीय गाडीमा कम कर लगाउने भएकाले मूल्य कम पर्ने छ।  

लक्ष्मी ग्रुपले विद्युतीयमा नेपालमा कोना र आयोनिक ५ विक्री गरिरहेको छ।

यस्ता छन् क्रेटा इभीका फिचर्स

६ एयरब्याग सहित क्रेटा इभी ल्याएको छ। एबिएससंगै ईबिडी, हिल डिसेन्ट कन्ट्रोल, लेन चेन्ज इन्डिकेटर विथ फ्यास एडजस्टमेन्ट, ईपीबीसंगै अटो होल्ड, लेभल २ को एडास फिचर्स छ। एफआर क्यामेरा, एफआर रडार र आरआर रडार छन्। 

एक्स्टेरियरमा एलइडी इन्डिकेटेर, एक्टिभ एयरफ्लापस्, हेलोजेन, प्रोजेक्सन हेडल्याम्प, एलइडी इन्डिकेटेर, डीआरएलएस, टेल ल्याम्पस छन् भने इन्टेरियर फिचर्समा युनिक कलर थिम, फ्रेबिक सिट, एम्बियन्ट लाइट, रिडिङ ल्याम्प, युनिक स्टेरिङ ह्विल, ब्लुटुथ कनेक्टिभिटी, बोस्क प्रिमियम साउन्ड, ८ स्पिकर सिस्टम छ। 

कम्फर्ट एन्ड कन्भिनेन्सकोलागि रिजेनेरेटिभ ब्रेकिङ सिस्टम, पावर एडजस्मेन्ट ड्राइभर सिट, वायरलेस चार्जर, स्मार्ट प्यानारोमिक सनरुफ लगायतका फिचर्स रहेका छन्। यसमा भेरियन्ट अनुसार फिचर्स फरक फरक रहेका छन्। नेपालमै आधा दर्जन कलरमा उपलब्ध हुने छन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad