कारोबार


तरलता पर्याप्त भएपछि वाणिज्य बैंकहरूले लिएनन् धितोपत्र बोर्डको निक्षेप

दोस्रो पटक आवेदन माग
तरलता पर्याप्त भएपछि वाणिज्य बैंकहरूले लिएनन् धितोपत्र बोर्डको निक्षेप

नेपालखबर
माघ २, २०८१ बुधबार १५:२३, काठमाडौँ

तरतला पर्याप्त भइरहेको अवस्थामा वाणिज्य बैंकहरूले संस्थागत निक्षेपलाई बेवास्ता गर्न थालेका छन्। 

यसअघि पुस १८ गते नेपाल धितोपत्र धितोपत्र बोर्डले अक्षय कोषको रकम वाणिज्य बैंकहरूमा निक्षेपमा राख्न चाहेको थियो।

त्यसका लागि बोर्डले प्रस्ताव आह्वान गरेपनि प्रस्ताव नपरेपछि बोर्डले दोस्रो पटक सूचना जारी गर्दै प्रस्ताव मागेको छ। 

बोर्डले बुधबार अर्को सूचना जारी गर्दै अक्षय कोषको रकम निक्षेपमा लगानी गर्ने जनाएको हो। बोर्डले निपाल धितोपत्र बोर्ड लगानी सम्बन्धी नीति २०७६ को अधिनमा रहेर वाणिज्य बैंकमा मुद्दती निक्षेपमा राख्न खोजेको छ।

निक्षेप लिन चाहने वाणिज्य बैंकहरूले तीन दिन भित्र सिलबन्दी प्रस्ताव पेश गर्नुपर्नेछ।

बोर्डले यस अघि प्रस्ताव पेश गर्ने समय ५ दिन राखेकोमा दोस्रो पटक सूचना जारी गरेर ३ दिन थपेको हो। बोर्ड ६ महिनाको लागि निक्षेप राख्न लागेको हो।

यसका लागि इच्छुक वाणिज्य बैंकहरूले ६ महिने ब्याजदर सहित प्रस्ताव पेश गर्नुपर्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad