राजनीति


शेखरले बेलायतमा भेटे तत्कालीन अनमिन प्रमुख, शान्ति प्रक्रिया छिटो टुंग्याउन मार्टिनको सुझाव

शेखरले बेलायतमा भेटे तत्कालीन अनमिन प्रमुख, शान्ति प्रक्रिया छिटो टुंग्याउन मार्टिनको सुझाव

नेपालखबर
माघ २, २०८१ बुधबार १५:२७, काठमाडौँ

बेलायत भ्रमणमा रहेका नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले तत्कालीन नेपालको शान्ति प्रक्रियामा सहयोग गरेको तत्कालीन संयुक्त राष्ट्रसंघीय मिसन, अनमिनका नेपाल प्रमुख इयान मार्टिनसँग भेटघाट गरेका छन्। 

लण्डनमामा भएको भेटघाटका क्रममा मार्टिनले नेपालको शान्ति प्रक्रिया अझै नटुंगिएकाले जतिसक्दो छिटो यसलाई टुंग्याउन सुझाव दिएका थिए। यस्ता कुरालाई लामो समयसम्म राख्न नहुने समेत उनको मत थियो। 

तत्कालीन समयमा बिद्रोहमा रहेको दल समेत निर्वाचन प्रक्रियामा प्रवेस गरिसकेको र अहिले नेपालमा कुनै पनि हिंसा नरहेकोले संक्रमणकालीन न्यायलाई टुंग्याउनुपर्नेमा उनको जोड थियो।

तत्कालीन ७ राजनीतिक दल र युद्धरत नेकपा (माओवादी)ले सन् २००६ मा पत्र लेखेर शान्ति स्थापनार्थ सहयोग पुर्‍याउन अनमिनलाई नेपाल बोलाएका थिए। 

विशेषगरी माओवादी लडाकु र उनीहरुको हतियार व्यवस्थापनका लागि स्थापना गरिएको शिविरको निगरानी अनमिनले गरेको थियो। तर, लडाकु व्यवस्थापनको प्रक्रिया पुरा नहुँदै सन् २०११ मा नेपालबाट अनमिन फिर्ता भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad