कारोबार


राष्ट्र बैंकले फेरि ४० अर्ब निक्षेप खिच्दै

राष्ट्र बैंकले फेरि ४० अर्ब निक्षेप खिच्दै

नेपालखबर
माघ २, २०८१ बुधबार ११:३८, काठमाडौँ

नेपाल राष्ट्र बैंकले ४० अर्ब रकम बैंक तथा वित्तीय संस्थाबाट खिच्ने भएको छ।

तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा रहेको तरलतालाई निक्षेप संकलनमार्फत खिच्न लागेको हो।

बैंकले बुधबार २१ दिने निक्षेप संकलन उपकरण जारी गर्दै बैंक तथा वित्तीय संस्थालाई बोलकबोलमा सहभागी हुन आह्वान गरेको छ। 

बैंकले आजै दिउँसो २ बजे अनलाइनमार्फत बोलकबोल गराउँदै छ।

इच्छुक बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निशेष भाग जाने रकमसहित बोलकबोलमा सहभागी हुन पर्नेछ।

बैंकले आज बैंक तथा वित्तीय संस्थाबाट संकलन गरेको निक्षेप माघ २३ गते ब्याजसहित फिर्ता गर्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad