केई एक्स३ प्रो विद्युतीय गाडी शून्य ब्याजमै खरिद गर्न सकिने भएको छ।
जिओ अटोमोबाइल्स केई नेपालले ५ वर्षको लागि शून्य ब्याजमा गाडी बिक्री गर्न लागेको हो।
१२० किलोवाट मोटर रहेको गाडीमा ५३.६ किलोवाट आवरको ब्याट्रि छ। गाडीले २६० एनएम टर्क जेनेरेट गर्छ। गाडी एक पटकको चार्जमा ३७० रेञ्ज दिन्छ।
७ किलोवाटको चार्जरले ८ घण्टामा फुल हुन्छ भने डिसी चार्जरबाट आधा घण्टामै ८० प्रतिशत चार्ज हुन्छ। गाडीको ग्राउन्ड क्लियरेन्स १३० एमएम रहेको छ।
60
Shares

प्रतिक्रिया