स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) ले २८ हजार ५ सय मेगावाट विद्युत उत्पादनको मार्गचित्र सफल कार्यान्वयनको लागि विद्युत विधेयकको संशोधन गर्नसरकारसँग माग गरेको छ।
शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै इप्पानले यस्तो माग गरेको हो। इप्पानले विद्युत विधेयकको दाफा १९ को ठाउँमा विद्युत ऐन, २०४९ को दफा ५ को व्यवस्था कायम गर्न, विद्युत विधेयकको दाफा २३ को ठाउँमा विद्युत ऐन, २०४९ को दफा १० को व्यवस्था कायम गर्न माग गरेको छ।
विद्युत विधेयकको दाफा ५ मा निजी क्षेत्र आफैँले आयोजनाको पहिचान गरेर विद्युत अनुमति पत्रको लागि आवेदन दिएका आयोजनाले प्रतिष्पर्धा गर्नुपर्ने छैन भन्ने व्यवस्था थप गर्न पनि माग गरेको छ।
पत्रकार सम्मेलनमा बोल्दै संस्थाका उपमहासचिव प्रकाश दुलालले विद्युत विधेयकको दफा ५७ मा ५०० मेगावाट भन्दा ठूला बहुउद्देश्य आयोजना भनेर उल्लेख गर्न माग गरे। उनले मार्गचित्र कार्यान्वयनको लागि नेपाल विद्युत प्राधिकरणमा आवेदन गरेका सम्पूर्ण जलविद्युत आयोजनाहरुको पीपीए खुला गर्नुपर्ने बताए।
उनले सरकारी जग्गा प्राप्ती र रुख कटानमा सहजीकरण गरिनुपर्ने बताए।
उपमहासचिव दुलाले मार्गचित्र कार्यान्वयनको लागि स्वीकृत इआईए तथा आइईईमा उल्लेख भएकोको सरकारी जग्गाको उपयोग तथा सो जग्गामा रहेका रुख कटानको लागि जिल्ला वन कार्यालय वा सम्बन्धीत संरक्षण क्षेत्र वा राष्ट्रिय निकुञ्जले लागत कायम गरी रुख कटान वा जग्गा भोगाधिकारको स्वीकृत दिनसक्ने व्यवस्था कायम गर्नुपर्ने बताए।
उनले प्रशारणलाइन आयोजना निर्माण, विद्युत व्यापार,पुँजी बजारबाट पुँजी परिचालन गर्न आवश्यक रहेको बताए।
मार्गचित्र कार्यान्वयनको लागि आवश्यक ४६.५ अर्ब अमेरिकी डलरको वित्तिय स्रोतको आपूर्तिको लागि ऊर्जा आयोजनामा आईपीओ र हकप्रद शेयर निष्काशनका लागि सहज गर्ने र जलविद्युत कम्पनीलाई नेटवर्थको व्यवस्था हटाउन माग गरे।
यस्तै, क्राउड फाइनान्सीङको माध्यामबाट स्वपुँजी परिचालन र बैंक तथा वित्तीय संस्थाले हरेक वर्ष २ प्रतिशतका दरले ऊर्जा क्षेत्रमा ऋण लगानी बढाउँदै १० वर्ष भित्र २० प्रतिशत पुर्याउनुपर्ने बताए।
इप्पानका अध्यक्ष गणेश कार्कीले निजी क्षेत्रले माग गरेका १७ माग तत्काल सम्बोधन गर्नुपर्ने बताए। उनले सरकारले लिएको लक्ष्य पुरा गर्नका लागि धेरै समस्या रहेको जिकिर गरे। सबैभन्दा पहिला वनको समस्या समाधान गर्न आवश्यक रहेको बताए।
सरकारले २८ हजार विद्युत उत्पादन गर्ने लक्ष्य राखेकाले सरकारले बनाउने कानूनहरु सोही अनुरुपको हुनुपर्ने उनको भनाई थियो। उनले सरकारले एउटा भन्ने ऐनमा अर्को व्यवस्था गर्नेकुरा मान्य नहुने बताए। उनले १० वर्षका २८ हजार ५ सय विद्युत उत्पादन गर्न निजी क्षेत्रले स्वागतयोग्य रहेको स्पष्ट पारे।
इप्पानले १० मेगावाट भन्दा माथिका जलविद्युत आयोजनाहरुमा लाग्दै आएको हाइड्रोलोजी पेनाल्टी जलवायु परिवर्तनका कारण नदीको बहाबमा परिवर्तन भइ विद्युत उत्पादनमा कमी भएको हुँदा जलविद्युत आयोजनामा हाइड्रोलोजी पेनाल्टी हटाउन माग पनि गरेको छ।
त्यस्तै,जलविद्युत आयोजना एवं विद्युत प्रशारण लाइन निर्माणमा स्थानीयहरुको अधिक मागका कारण असहज भएकोले सो समस्याहरु समाधानको लागि संघीय सरकारले एकीकृत कानून बानाइ कार्यान्वयन गर्न सुझाव दिएको छ।
इप्पानले सरकारले विभिन्न समयमा ल्याएका ऊर्जा उत्पादनका लक्ष्यहरु पूरा नहुनुमा मार्गचित्रमै उल्लेख भएमा खरिद ऐनमा विद्युत आयोजना विकासका लागि अनुकुल व्यवस्था नहुनु, आयोजना विकासका लागि समयानुकुल कानून परिमार्जन नहुनु, ऐन र कानूनबीच सामज्यसता नहुनुसँगै निजी क्षेत्रमैत्री कानून निर्माण तथा कार्यान्वयन नहुनु प्रमुख कारण भएको बताएको छ।
Shares

प्रतिक्रिया