कारोबार


पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा ल्याउन यस्ता छन् चन्द्र ढकालका सुझाव

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा ल्याउन यस्ता छन् चन्द्र ढकालका सुझाव

नेपालखबर
पुस २६, २०८१ शुक्रबार १७:१५, काठमाडौँ

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले विद्यमान नीतिलाई सहजिकरण गर्नसके मात्रै पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउनसक्ने बताएका छन्।

शुक्रबार पोखरामा सुनौलो नेपालको गण्डकीको पर्यटन र अर्थतन्त्रको उडान कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले यस्तो बताएका हुन्।

उनले सरकारले कोभिड–१९ पछि निजी क्षेत्रले दिएका सुझावका आधारमा नीतिहरु बनाउन नसक्दा अर्थतन्त्रले अहिले चुनौती भोग्नुपरेको बताए। उनले त्यो बेला निजी क्षेत्रले दिएका सुझावलाई परम्परागत सोचाईबाट निजी क्षेत्रको हित र फाइदाको लागि भन्ने राज्यले सोचेको दाबी गरे।

निजी क्षेत्रले दिएका सुझावका आधारमा ठिक समयमा नीतिहरु बनेको भए अहिलेको समस्या भोग्नु नपर्ने बताए। उनले मुलुकको अर्थतन्त्र खुम्चिएर गएको भन्दै राज्यको नीतिकै कारण बैंक तथा वित्तीय संस्थाहरुसँग प्रशस्त मात्रामा तरलता थुप्रिएको बताए। उनले अहिले व्यवसायीहरुले बैकबाट ऋण लिनसक्ने अवस्था नभएको बताए।

उनले सरकारको नीतिको कारण अफ्ठ्यारोमा परेका उद्योगी व्यवसायीहरुलाई सहजिकरण गर्ने नीति नबनेसम्म पोखरा अन्तर्राष्ट्रिय विमानस्थल चलाउन नसक्ने अवस्था नभएको बताए।

उनले भने,‘सरकारले अहिले भइरहेको अर्थतन्त्रको प्रणाली नबिग्रने गरी नितिहरुमा सहजिकरण गर्नसक्यो भने मात्रै पोखरा अन्तर्राष्ट्रिय विमानस्थल चलाउन सकिन्छ। अन्यथा हजारौं मानिसहरुलाई रोजगारी दिने उद्योग प्रतिष्ठानहरु बैंकको ऋणबाट बाहिर निस्कने गरी राज्यको नीतिमा सहजिकरण गर्नुपर्छ।’

उनले पर्यटन क्षेत्रमा निजी क्षेत्रले लगानी गर्ने वातारण नभएको बताए। उनले सानो आयोजना बनाउनको लागि राज्यको वनदेखि लिएर जग्गाका नीतिको कारण सहज अवस्था नभएको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad