गण्डकी


पोखरामा रवि छुटेपछि... (तस्बिरहरू)

पोखरामा रवि छुटेपछि... (तस्बिरहरू)

नेपालखबर
पुस २५, २०८१ बिहिबार २१:११, पोखरा (कास्की)

कास्की जिल्ला अदालतले रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई धरौटीमा छाडेपछि उनका समर्थक एवं शुभचिन्तकहरूले खुसी व्यक्त गरेका छन्।

उनलाई स्वागत गर्न अदालतदेखि प्रहरी कार्यालयसम्मै भिड लागेको थियो। रास्वपाका नेताहरू र रविका पारिवारिक सदस्यहरू पनि उनलाई स्वागत गर्न पुगेका थिए।​

सूर्यदर्शन सहकारी ठगी प्रकरणका अभियुक्त रवि लामिछाने ६५ लाख रूपैयाँ धरौटी बुझाएर रिहा भएका हुन्।

जिल्ला अदालत कास्कीले धरौटीमा छाड्ने आदेश दिएसँगै उनी उक्त रकम बुझाएर ८४ दिनपछि छुटेका हुन्। गत कात्तिक २ गते उनी काठमाडौँको वनस्थलीस्थित रास्वपाको कार्यालयबाट पक्राउ परेका थिए। 

कास्की जिल्ला अदालतमा उनीविरूद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण गरी तीनवटा कसुरको अभियोगमा मुद्दा दायर भएको छ। उनका विरुद्ध रुपन्देही, काठमाडौँ, चितवन र वीरगन्जमा पनि सहकारी ठगीसम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको छ।

अभियोगपत्रमा रवि कास्कीबाट छुटी जाने भएमा प्रहरीकै जिम्मा दिन माग गरिएको थियो। तर रविले काठमाडौँ जिल्ला अदालतमा आफैँ उपस्थित हुने कागज गरेपछि प्रहरीले रिहा गरेको हो। अब उनी स्वर्णलक्ष्मी सहकारी ठगीको अभियुक्तका रूपमा काठमाडौँ जिल्ला अदालतमा उपस्थित हुनुपर्नेछ। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad