नेपाल राष्ट्र बैंकले कर्णाली बिकास बैंकको सम्पत्ति तथा दायित्व खोज्न थालेको छ। समस्याग्रस्त घोषणा गरेर बैंकले व्यवस्थापन नियन्त्रणमा लिएर बैंक सम्पत्ति तथा दायित्व मूल्यांकनको काम सुरु गरेको हो।
बैंकले दायित्व मूल्यांकन गर्न ‘डयू डिलिजेन्स अडिट’ गराउनका लागि अडिट कम्पनीहरुमा प्रस्ताव आह्वान गरेको छ। बैंकले इच्छुक चार्टर्ड एकाउण्टेन्ट फर्म/कम्पनीहरुलाई १५ दिन भित्र शिलबन्दी दरभाउ पत्र पेस गर्न भनेको हो।
इच्छुक कम्पनीले माघ १० गते भित्र प्रस्ताव पेस गरिसक्नुपर्ने।
24
Shares

प्रतिक्रिया