नेपाल राष्ट्र बैंकले ८ दिनमा बैंक तथा वित्तीय संस्थाबाट १ खर्ब ७० अर्ब रुपैयाँ तानेको छ।
बैंकले तीनपटक गरेर उक्त रकम तानेको हो।
बैंकले निक्षेप संकलनमार्फत जनवरी १ मा ४० अर्ब रुपैयाँ, जनवरी ५ मा ५० अर्ब खिचेको हो।
आज पनि राष्ट्र बैंकले ८० अर्ब रकम खिच्दै छ।
बैंकले १४ दिने निक्षेप संकलन जारी गर्दै बोलबोलमार्फत उक्त रकम बैंक तथा वित्तीय संस्थाबाट तान्न लागेको हो।
यसअघि दुईपटक तान्दा भने राष्ट्र बैंकले २१ दिनका लागि निक्षेप संकलन गरको थियो।
यो पटक भने बैंकले निक्षेपको समायवधि घटाएर १४ दिनका लागि मात्रै तान्न लागेको हो।
36
Shares

प्रतिक्रिया