नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले गरेको विवादित भाषणको अडिओ उनलाई नै सुन्न लगाएर सनाखत गराइने भएको छ।
सञ्चार माध्यममा प्रसारित श्रव्यदृश्य सामग्री घिमिरेले नै बोलेको हो कि होइन भनी यकिन गर्न र मिसिलमा प्रमाण समावेश गर्न सर्वोच्च अदालतले मंगलबार आदेश गरेको छ।
बार अध्यक्ष घिमिरेविरुद्ध दर्ता भएको अदालतको अवहेलनासम्बन्धी मुद्दामा न्यायाधीशद्वय डा नहकुल सुवेदी र अब्दुल अजिज मुसलमानको इजलासले उनको विवादित वक्तव्यको श्रव्यदृश्य सामग्री झिकाउने आदेश गरेको हो।
यस आदेशपछि अब घिमिरेलाई उनले नै गरेको भाषण पुनः देखाई सुनाई सनाखत गराई त्यसको प्रतिवेदन इजलासमा पेस गर्नुपर्ने भएको हो।
यसको प्रतिवेदन इजलासमा पेस भएपछि मात्र अब थप सुनुवाइ प्रक्रिया अघि बढ्नेछ।
सर्वोच्चले झिकायो बार अध्यक्ष घिमिरेको विवादित वक्तव्यको अडिओ
‘अदालतको अवहेलानामा कारबाही गरिपाऊँ भनी सुरू निवेदनमा उल्लेख गरिएको प्रत्यर्थी (घिमिरे)को अभिव्यक्ति मिति २०८१।०६।११ मा काठमाडौँ जिल्ला अदालत बार एकाइले आयोजना गरेको कार्यक्रममा व्यक्त गरेको भन्ने लिखित जवाफको प्रकरण ४ मा उल्लेख भएको देखिँदा उक्त कार्यकमको श्रव्यदृश्यको छायांकन/अभिलेख आयोजक बार एकाइबाट झिकाई प्रत्यर्थीलाई देखाई सुनाई सोको सनाखत गराई मिसिल सामेल गरी नियमानुसार पेस गर्नू।’
सर्वोच्चका उपरजिस्ट्रार गोविन्दप्रसाद घिमिरेले उठाएको प्रतिवेदनका आधारमा बार अध्यक्ष घिमिरेविरुद्ध असोज १४ गते अदालतको अवहेलना मुद्दामा कारबाही अघि बढाएको थियो।
-
बार अध्यक्षविरुद्ध दुईपाने प्रतिवेदन– ‘अफिसर अफ द कोर्ट’बाटै भ्रामक प्रचार (पूर्ण पाठ)
-
प्रधानन्यायाधीशलाई बार अध्यक्षको गम्भीर आरोप– लेनदेनको आधारमा न्यायाधीश नियुक्तिको सिफारिस भयो
न्याय परिषद्ले गत असोज ११ गते सर्वोच्च अदालतमा दुई जना न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेपछि अध्यक्ष घिमिरेले लेनदेनका आधारमा यो निर्णय भएको आरोप लगाएका थिए।
हेर्नुहोस् सर्वोच्चको आदेश:

Shares

प्रतिक्रिया