कारोबार


सिप्रदी ट्रेडिङद्वारा टाटा म्याजिक बीएस६ को इटहरी शाखामा लन्च

सिप्रदी ट्रेडिङद्वारा टाटा म्याजिक बीएस६ को इटहरी शाखामा लन्च

नेपालखबर
पुस २३, २०८१ मंगलबार २१:१३, काठमाडौँ

नेपालका लागि टाटा मोटर्सको एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रालिले आज इटहरी शाखाबाट टाटा म्याजिक बीएस६ सार्वजनिक गरेको छ।

कार्यक्रममा कोसी विक्रम यातायात प्रालिका अध्यक्ष संजय सिंह र इटहरी यातायात प्रालिका अध्यक्ष महेश घिमिरे प्रमुख अतिथिको रूपमा उपस्थित थिए। साथै, सिप्रदीका पूर्वीय क्षेत्रीय प्रबन्धक सुवास कुमार दास कार्यक्रम सभापतिको भूमिकामा थिए।

सहरी र विद्यालय यातायातलाई आधुनिक, किफायती र वातावरणमैत्री बनाउने उद्देश्यले लन्च गरिएको यो गाडीले यस क्षेत्रका यातायात व्यवसायीहरूको आवश्यकता पूरा गर्न महत्वपूर्ण योगदान पुर्याउने कम्पनीको विश्वास छ।

सिप्रदी प्रालिका प्यासेन्जर भेहिकल्स प्रोडक्ट म्यानेजर इन्द्रमणि पोख्रेलले भने, ‘टाटा म्याजिक बीउस६ ले सहरी यातायातलाई मात्र नभई, यस क्षेत्रका व्यावसायिक गतिविधिलाई पनि आधुनिक र प्रभावकारी बनाउनेछ। यसको उच्च माइलेज, कम मर्मत खर्च, र यात्राको सुविधासहितको संरचनाले व्यावसायिक क्षेत्रमा नयाँ मानक स्थापित गर्नेछ। यसले यातायात व्यवसायीहरूलाई आर्थिक रूपमा सबल बनाउनुका साथै यात्रुहरूको अनुभवलाई नयाँ उचाइमा पुर्याउनेछ।’

टाटा म्याजिक बीएस६ गाडीमा आधुनिक बीएस६ प्रविधि, ३० एचपी पावर, र उच्च माइलेजसहितका सुविधाहरू छन्। यसको आरामदायी इन्टेरियर, कम मर्मत खर्च र अत्याधुनिक प्रविधिका कारण यसलाई सहरी र विद्यालय यातायातका लागि उत्कृष्ट विकल्पका रूपमा लिइएको छ।

सिप्रदी ट्रेडिङ्ग प्रालिले सदैव ग्राहकहरूको आवश्यकता अनुसार सवारी साधन उपलब्ध गराउँदै आएको जनाएको छ। यस लन्चसँगै, कम्पनीले पूर्वीय नेपालका व्यवसायीहरूको सहरी यातायातका क्षेत्रमा टाटा म्याजिक बीएस६ मार्फत थप उचाइ हासिल गर्ने अपेक्षा गरेको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad