कारोबार


नेपाल लाइफ क्यापिटलको अध्यक्षमा कृष्णराज लामिछाने चयन

नेपाल लाइफ क्यापिटलको अध्यक्षमा कृष्णराज लामिछाने चयन

नेपालखबर
पुस २३, २०८१ मंगलबार २१:२५, काठमाडौँ

नेपाल लाइफ क्यापिटल लिमिटेडको अध्यक्षमा कृष्णराज लामिछाने चयन भएका छन्।

कम्पनीको एघारौं वार्षिक साधारण सभाले लामिछाने अध्यक्ष रहनेगरी नयाँ सञ्चालक समिति सर्वसम्मत चयन गरेको हो।

वार्षिक साधारण सभाबाट आ.व. २०८०/८१ को लेखापरीक्षकको वार्षिक प्रतिवेदन पारित, आ.व. २०८१/८२ को लागि लेखापरीक्षकको नियुक्ति तथा नयाँ संचालक समिति चयन भएको कम्पनीले जनाएको छ।

संचालक समितिमा संस्थापक शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने संचालक समिति सदस्यमा कृष्णराज लामिछाने, सुरेश कुमार अग्रवाल, अमित कुमार कयाल र प्रेम प्रसाद रेग्मी निर्विरोध चयन भएका हुन्।
साथै, वार्षिक साधारण सभा पश्चात् बसेको कम्पनीको सञ्चालक समितिको ११०औं बैठकले लामिछानेलाई सर्वसम्मतिले सञ्चालक समितिको अध्यक्ष चयन गरेको कम्पनीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad