कारोबार


हुन्डाई क्रेटा ईभी फ्रेबुअरीमा आउने, नेपालको पहिलो विद्युतीय एसेम्बल मोडल हुने

हुन्डाई क्रेटा ईभी फ्रेबुअरीमा आउने, नेपालको पहिलो विद्युतीय एसेम्बल मोडल हुने

नेपालखबर
पुस २३, २०८१ मंगलबार १९:४२, काठमाडौँ

हुन्डाईको क्रेटा ईभी नेपालमा फ्रेबुअरीमै ल्याउने तयारी भएको छ। १७ जनवरीमा भारतमा सार्वजनिक हुने क्रेटा एक महिना भित्रै नेपाल आउने भएको हो।

नेपालमा हुन्डाईका लागि आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले भारतमा सार्वजनिक भए लगत्तै नेपाली बजारमा ल्याउने जानकारी दिएको छ। हुन्डाईले भारत मोबिलिटी एक्स्पो २०२५ मा सार्वजनिक गर्दैछ।

विद्युतीय गाडीमा भारतीय बजार विस्तारै अघि बढ्दा नेपालमा आक्रमक रुपमा अघि बढेको छ। नेपालमा बिक्री हुने निजी गाडी ७० प्रतिशत विद्युतीय नै हुने गरेका छन्। नेपालमा चिनियाँ ब्रान्डको बढ्दो उपस्थितिलाई क्रेटाले चुनौति दिने धेरैको आकलन छ।

नेपालमा हुन्डाईको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलका महाप्रबन्धक दीपक थपलियाले फ्रेब्रुअरी महिनामै नेपालमा हुन्डाईको ईभी क्रेटा सार्वजनिक हुने बताएका छन्।

हुन्डाईले नवलपरासीमा एसेम्बल प्लान्ट स्थापना गरी गाडी उत्पादन नै सुरु गरेको छ। कम्पनीले हाल पेट्रोलका मोडल उत्पादन गरिरहेको छ। क्रेटा नेपालमा भित्रिएसँगै नवलपरासीको एसेम्बल युनिटबाटै उत्पादन गर्ने योजना छ।

थपलियाले भने,‘नेपालमै क्रेटा इभी एसेम्बल गर्न अध्ययन गरिरहेका छौँ।’

पेट्रोल गाडी एसेम्बल गरिरहेको सेटअपमा केही परिवर्तन गरी विद्युतीय गाडी उत्पादन गर्न सकिने लक्ष्मी ग्रुपले जनाएको छ। २०८१ वैशाखबाट नेपालमा अन्तर्राष्ट्रिय ब्रान्ड हुन्डाईका गाडी एसेम्बल हुन थालेका हुन्।

मूल्य ५५ लाखबाट सुरु, रेञ्ज ४७३ सम्म
नेपालमा क्रेटा २०७२ भदौमा लञ्च गरिएको थियो। हुन्डाईका मोडल मध्ये नेपालमा धेरै बिक्री हुनेमा क्रेटा एसयूभी पर्छ। कम्पनीले नेपालमा विद्युतीय क्रेटा सार्वजनिक भएसँगै ‘मास सेल’ हुने अपेक्षा गरेको छ।

‘२०२४ मा हुन्डाईको पेट्रोल क्रेटा ७७५ वटा बिक्री भैसकेका छन्,’ थपलिया भन्छन्,‘१० वर्षमा १० हजार युनिट क्रेटा नेपाली सडकमा कुदिरहेका छन्।’

भारतमा क्रेटाको मूल्य १७ लाख भारतीय रुपैयाँ बढी हुने अनुमान गरिएको छ। नेपाली बजारमा करिब ५५ लाख ६० लाखमा बिक्री सुरु हुने छ।

पेट्रोल नयाँ क्रेटाको सुरुवाती मूल्य ११ लाख भारतीय रुपैयाँ हुँदा नेपालमा ५६ लाख ९६ हजार छ। भारतमा पेट्रोल के्रटाको तुलनामा विद्युतीय क्रेटा ६ लाख फरक भएपनि नेपालमा पेट्रोल र इभीको मूल्य खासै फरक हुने छैन। नेपाल सरकारले विद्युतीय गाडीमा कम कर लगाउने भएकाले मूल्य कम पर्ने छ।  

‘क्रेटा ईभी गाडी मात्रै नभएर एउटा टेक्नोलोजी हो,’ थपलिया भन्छन्,‘नेपाली बजारमा मानक स्थापना गर्नेछ।’

हुन्डाई मोटर इन्डिया लिमिटेडले बजारमा आउने क्रेटा ईभी ४ भेरियन्ट र १० रंगको विकल्पसहित हुने स्थानीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्। ४ भेरियन्टमा एक्जिक्युटिभ, स्मार्ट, प्रिमियम र एक्सिलेन्स रहनेछन्। ग्राहकले १० वटा रंगको विकल्प पाउनेछन्।

हुन्डाईमा २ वटा ब्याट्रि अप्सनमा रहेको छ। ४२ किलोवाट आवर ब्याट्रि आवर ३९० किमी रेञ्ज दिन्छ भने ५१.४ किलोवाट आवर ब्याट्रिको गाडी ४७३ किमी रहेको छ। गाडीमा ९९ किलोवाट र १२६ किलोवाटका मोटर छन्।

११ किलोवाटको स्मार्ट चार्जरबाट फुल चार्ज हुन ४ घण्टा लाग्छ। डिसी फास्ट चार्जरबाट ८० प्रतिशत चार्ज १ घण्टामै हुन्छ।

गाडीमा ८ स्पिकर साउन्ड सिस्टम छन्। भ्यावाई कमान्ड छ। प्यानारोमिक सनरुफ छ। ७० वटा कनेक्टेड फिचर्स छन्। हुन्डाई स्मार्टसेन्स लेभल २ एडास सहित १९ फिचर्स रहेका छन्। ह्वीलबेस २६ सय १० एमएम रहेको गाडीको ग्राउन्ड क्लियरेन्स १७५ एमएम रहेको छ।  

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad