सनराइज बैंक लिमिटेडले विदेशमा बस्ने गैरआवासीय नेपालीलाई केन्द्रित गरी ‘सनराइज एनआरएन डिपोजिट खाता’ सञ्चालनमा ल्याएको छ। यस खाताअनुसार गैरआवासीय नेपालीले विदेशमा कमाएको पैसा सनराइज बैंकमा एफसीवाई फिक्स्ड डिपोजिट खाता खोल्न सक्ने बैंकले जनाएको छ।
जम्मा भएको सो रकम तोकिएको समय अवधिपछि विनाझण्झट विदेशमा फिर्ता लैजान सकिने बैंकद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ। दुईदेखि पाँच वर्ष अवधिका लागि रकम जम्मा गर्न सकिने उक्त खातामा वार्षिक चार प्रतिशत ब्याज दिने व्यवस्था गरिएको छ।
विदेशमा पाइने ब्याजभन्दा स्वदेशमा पाइने ब्याज बढी भएको र यस ब्याज अन्तरले ग्राहकलाई नेपालमा पैसा राख्न आकर्षित गर्ने बैंकको विश्वास छ। यसका लागि विदेशबाटै अनलाइन खाता खोल्ने व्यवस्थासमेत रहेको बैंकले जनाएको छ। उक्त मुद्दती खाताका आधारमा ग्राहकले ९० प्रतिशतसम्मको कर्जासमेत लिन सक्नेछन्। रासस
Shares

प्रतिक्रिया