भुक्तानी प्रणाली सञ्चालक संस्था स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी) र भुक्तानी सेवा प्रदायक संस्था हाम्रो पे (लेनदेन सेवा प्रालि) बीच ‘स्मार्ट क्यूआर’मार्फत भुक्तानी सेवा सञ्चालनको लागि सम्झौता भएको छ।
योसँगै हाम्रो पे प्रयोगकर्ताले स्मार्ट क्यूआरमार्फत आफ्नो वालेट लोड गर्न मिल्ने र मर्चेन्टहरुलाई भुक्तानी गर्न सक्नेछन्। त्यस्तै विभिन्न व्यापार व्यवसायमा संलग्न व्यवसायीहरुले क्यूआरमार्फत भुक्तानी लिनलाई स्मार्ट क्यूआरको सुविधा पनि लिन सक्ने भएका छन्।
क्यूआर कोडका लागि प्रचलित अन्तराष्ट्रिय मापदण्ड ईएमभी स्ट्यान्डर्ड पालना गर्दै नेपाल क्यूआर स्टान्डर्डअन्तर्गत जारी हुने स्मार्ट क्यूआर नेपालको पहिलो इन्टरअपरेवल क्यूआर कोड हो।
लेनदेन सेवा प्रालिको कार्यालयमा आयोजित कार्यक्रममा एससीटीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनोज घिमिरे र हाम्रो पेका तर्फबाट प्रमुख कार्यकारी अधिकृत शिशिर पोख्रेलले सेवा सञ्चालन सम्झौतामा हस्ताक्षर गरेका हुन्।
स्मार्ट क्युआरमार्फत हुने कारोबारबापतको रकम मर्चेन्टको खातामा तत्काल फर्छ्योट हुने भएकाले यस सेवाको सुरुवातपश्चात् हाम्रो पेका प्रयोगकर्ता लगायत मर्चेन्टहरुलाई कारोबार गर्न झनै सजिलो हुने जनाइएको छ।
Shares

प्रतिक्रिया