कारोबार


अब अर्थ मन्त्रालय पुगेका फाइल नअड्किने, ७ दिनभित्रै निर्णय हुने

अब अर्थ मन्त्रालय पुगेका फाइल नअड्किने, ७ दिनभित्रै निर्णय हुने

नेपालखबर
पुस १९, २०८१ शुक्रबार १६:२०, काठमाडौँ

अर्थ मन्त्रालय पुगेका फाइल ७ दिनभित्रै निर्णय हुने भएका छन्। यससम्बन्धी व्यवस्थासहित अर्थ मन्त्रालयले कार्यसञ्चालन निर्देशिका बनाएको हो।

अर्थमन्त्री विष्णु पौडेलले सचिव, सहसचिवको जिम्मेवारीसहित मन्त्रालयले कुन फाइल कति समयमा अघि बढाउने गरी समयसीमा तोकेको मन्त्रालयले जनाएको छ। 

कार्यसञ्चालन निर्देशिका २०८१ अनुसार  मन्त्रालयमा रकमान्तर/स्रोतान्तर वा कार्यक्रम संशोधनको फाइल ७ दिनभित्र अघि बढाउनुपर्नेछ। रकमान्तरका लागि सहसचिव, सचिव वा मन्त्रीले राय लिनुपर्ने भएमा ५ दिनभित्र निर्णय गर्नुपर्नेछ। 

थप निकासा दिने विषय पनि ७ दिनभित्र निर्णय गर्नुपर्नेछ। राय  लिनुपर्नेमा जफाव प्राप्त भएपछिको ५ दिनभित्र निर्णय गर्नुपर्नेछ। त्यसबाहेक राय दिने, सहमति दिने, सामान्वय विषय, खर्च समर्थन वा नियमित गर्नेकाम ७ दिनभित्रै गर्नुपर्नेछ। राय सुझाव आवश्यक भएमा राय प्राप्त भएको ५ दिनभित्र निर्णय गर्नुपर्नेछ।

यसको मतलब राय लिनुपर्ने फाइल समेत अर्थ मन्त्रालय पुगेका फाइल बढीमा १२ दिनमा निर्णय भइसक्नुपर्नेछ।

त्यसैगरी ऐन, नियम, विनियम, कार्यविधि राय एवम् सहमति १० दिनभित्र गर्नुपर्नेछ। राय आवश्यक भएमा राय प्राप्त भएको ७ दिनमा फाइलको निर्णय गर्नुपर्नेछ। 

अर्थ मन्त्रालयले नयाँ बजेट निर्माण र आगामी बजेट कार्यान्वयनको विषय पनि निर्देशिकामा समेटेको छ। पुस मसान्तसम्म अन्य महाशाखाबाट सूचना लिई  बजेट महाशाखाले स्रोत अनुमान समितिलाई स्रोतको अनुमान उपलब्ध गराउनुपर्नेछ। 

पूर्वबजेट छलफल चैतको पहिलो हप्ता सुरु हुनेछ। बजेट छफलको समाप्ति वैशाखको दोस्रो हप्ता, बजेट प्रारम्भिक मस्यौदा वैशाख तेस्रो हप्ता, बजेट मस्यौदाको अन्तिम तयारी जेठ पहिलो हप्ता गरिसक्नुपर्नेछ।

यस्तो छ कार्यसञ्चालन निर्देशिका

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad