कारोबार


अनाहकमा जहाजको इमरजेन्सी ढोका खोल्नेलाई बुद्धले तिरायो १ लाख, संकलित रकम परोपकारी संस्थालाई

अनाहकमा जहाजको इमरजेन्सी ढोका खोल्नेलाई बुद्धले तिरायो १ लाख, संकलित रकम परोपकारी संस्थालाई

नेपालखबर
पुस १८, २०८१ बिहिबार १७:१४, काठमाडौँ

बुद्ध एयरले अनाहकमा हवाइजहाजको आकस्मिक ढोका खोलेका यात्रुबाट लिएका क्षतिपूर्ति रकम परोपकारी संस्थालाई हस्तान्तरण गरेको छ।

यसरी ढोका खोलेका यात्रुबाट १ लाख रुपैयाँ क्षतिपूर्ति तिराइने गरेको बुद्ध एयरले जनाएको छ। 

यसरी संकलित रकम जनकपुरधामको महागंगा आरती–गंगासागर र पोखराको वृद्धाश्रमलाई १/१ लाखका दरले सहयोग गरिएको बुद्ध एयरले जनाएको छ। 

यही जनवरी १ का दिन पोखराबाट काठमाडौं (उडान संख्या ६१८) को उडान तयारीका क्रममा एक जना यात्रुले अनाहकमा जहाजको इमरजेन्सी ढोका खोलेको पनि बुद्ध एयरले जनाएको छ। कम्पनीका अनुसार सोलगत्तै टेक्निकल टिमको परीक्षणपछि करिब ३ घण्टा ढिलो साँझ ६:४० मा काठमाडौका लाग उक्त जहाज उडेको थियो।

त्यसैगरी काठमाडौंबाट जनकपुरका लागि सन् २०२४ अक्टोबर १० का दिन बिहान ६:०५ मा उडेको विमान जनकपुरको खराब मौसमका कारण डाइभर्ट भई विराटनगर पुगेको थियो। जनकपुरको मौसममा सुधार आएपछि विराटनगरबाट उड्ने तरखरमा रहेको जहाज ट्याक्सी वेबाट धावनमार्ग पस्दै गर्दा एक यात्रुले जहाजको इमर्जेन्सी ढोका खोलेका थिए।

उक्त घटनापछि चालक दलले जहाज पार्किङ–वेमै फर्काएका थिए। जहाजको प्राविधिक जाँचका लागि काठमाडौंबाट टेक्निकल टिम गई सम्पूर्ण चेकजाँचपछि दिउँसो १ बजे जनकपुर अवतरण गरेको थियो। यसबाट उडान प्रक्रिया अवरुद्ध भई त्यस दिनको उडान तालिका निकै प्रभावित बनेको थियो। 

अनाहकमा इमरजेन्सी ढोका खोल्ने यात्रुलाई विमानस्थल सुरक्षाकर्मीलाई जिम्मा लगाइने गरिएको छ। यात्रुले अब उप्रान्त यस्तो कार्य नगर्ने शर्तमा क्रमशः १ लाख क्षतिपूर्ति तिराइएको थियो।

आपत्कालीन ढोकाको प्रयोगबारे विमान कम्पनीका परिचारिकाले उडानअगावै विस्तृत रुपमा यात्रुहरूलाई जानकारी गराएका हुन्छन्। आपत्कालीन अवस्थाबाहेक यसलाई खोल्न मिल्दैन, यसले उडान सुरक्षामै खलल पुर्‍याउँछ। 

हवाइ उडानमा खलल पुर्‍याउने जोसुकैलाई ‘गैरसैनिक हवाइ उडान (सिभिल एभिएसन) ऐन, २०१५’अनुसार १ देखि तीन वर्षसम्म कैद तथा अपराधको प्रकृति हेरेर जन्मकैदसम्म सजाय हुने प्रावधान छ।

बुद्ध एयरले यस्ता यात्रुलाई विमानस्थलका सुरक्षाकर्मीलाई जिम्मा लगाउने गरेको उल्लेख गरेको छ। विमान कम्पनीले उडान सुरक्षामा अनाहक खलल पुर्‍याउने यात्रुलाई उडानमा थप प्रतिबन्ध लगाउँछन्।

बुद्ध एयरले अनाकहमा इमरजेन्सी ढोका खोल्ने यात्रुबाट क्षतिपूर्ति रकम १ लाख रुपैयाँ तिराई तिनै गन्तव्यका परोपकारी संस्थालाई सहयोग गर्ने बताएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad