सर्वोच्च अदालतका पूर्व प्रधानन्यायाधीश ओमभक्त श्रेष्ठको निधन भएकाे छ। श्रेष्ठकाे ८७ वर्षकाे उमेरमा बुधबार निधन भएकाे हाे।
धनकुटामा विस. १९८९ चैत ३० गते जन्मिएका पूर्व प्रधानन्यायाधीश श्रेष्ठ २०१६ साल पुस १६ देखि सरकारी सेवामा प्रवेश गरेका थिए। उनी २०५४ असोज १ गते प्रधानन्यायाधीशमा नियक्त भइ उमेर हदका कारण २०५४ चैत २९ गते सेवा निवृत्त भएका थिए। श्रेष्ठ देवानी कानुनका क्षेत्रमा विशेष दखल राख्थे।
श्रेष्ठकाे निधनकाे शोकमा बिहीबार देशभरका अदालत बन्द हुने भएका छन्। सर्वोच्चले बुधबार सूचना प्रकाशित गरी बिहीबार देशभरका अदालतमा विदा दिने जनाएको हो।

प्रतिक्रिया