कारोबार


वायुसेवासम्बन्धी गतिविधि निगरानी गर्न प्राधिकरणले ल्यायो सी पोर्टल

वायुसेवासम्बन्धी गतिविधि निगरानी गर्न प्राधिकरणले ल्यायो सी पोर्टल

फाइल तस्बिर


नेपालखबर
पुस १६, २०८१ मंगलबार १५:३२, काठमाडौँ

नेपाल नागरिक उड्डयन प्राधिकरणले सी पोर्टल प्रणाली सञ्चालनमा ल्याएको छ। 

वायुसेवाका गतिविधिलाई अनलाइनबाटै निगरानी गर्नका लागि नयाँ सिस्टम प्रयोगमा ल्याएको हो। 

प्राधिकरणको २६औँ वार्षिकोत्वको अवसरमा उडानलाई चुस्त बनाउन यो सिस्टम सञ्चालन गरेको जानकारी दिएको छ। 

प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले पूर्वाधार निर्माण र हवाइ सुरक्षामा विशेष ध्यान दिएको बताए। गत वर्षको तुलनामा अन्तर्राष्ट्रिय पर्यटक ७ प्रतिशत र आन्तरिक यात्रु १३ प्रतिशतले बढेको बताए। 

नेपालमा २८ वटा एयरलाइन्स कम्पनीले अन्तर्राष्ट्रिय उडान गरेका छन्। आन्तरिकतर्फ २१ कम्पनीमध्ये १९ वटाले नियमित उडान गरेका छन्। ५५ विमानस्थलमध्ये ३५ विमानस्थलमा आन्तरिक हवाइ सेवा सञ्चालनमा छ। 

त्यस्तै वार्षिकाेत्सवमा आन्तरिक उडानतर्फ बुद्ध एयर, समिट एयर र एयर डाइनेस्टीलाई सम्मान गरिएको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad