कारोबार


ट्राफिक सुरक्षा सचेतना अभियानमा शाओमी नेपाल र ट्राफिक प्रहरीको सहकार्य (भिडिओ)

ट्राफिक सुरक्षा सचेतना अभियानमा शाओमी नेपाल र ट्राफिक प्रहरीको सहकार्य (भिडिओ)

नेपालखबर
पुस १२, २०८१ शुक्रबार १४:५२, काठमाडौँ

ग्लोबल टेक्नोलोजी लिडर शाओमीले नेपाल ट्राफिक प्रहरीसँग मिलेर ट्राफिक सुरक्षासम्बन्धी भिडिओमार्फत सचेतना अभियान सञ्चालन गरेको छ।

अभियानले फेरि पनि शाओमीको समाजको हितप्रतिको प्रतिबद्धतालाई झल्काएको छ।

यो सचेतना अभियानले ट्राफिक नियमहरूको पालना गर्नुको महत्व तथा सडक सुरक्षाको बेवास्ता गर्दा हुने गम्भीर परिणामहरूलाई विशेष जोड दिएको छ।

भिडिओमा नेपालमा हुने सडक दुर्घटनाका मुख्य कारणहरू जस्तै तीव्र गतिमा सवारी चलाउनु, मद्यपान गरेर सवारी हाँक्नु, गलत ठाउँमा बाटो काट्नु, ओभरहेड पुल प्रयोग नगर्नु र सवारी चलाउँदा मोबाइल फोनको प्रयोग गर्नुलाई सम्बोधन गरेको छ। 

अभियानको मूल उद्देश्य भनेको जिम्मेवार भएर सवारी चलाउने अभ्यासलाई प्रवर्धन गर्नुका साथै सडक दुर्घटना र यसबाट हुने मृत्यु दर कम गर्नु रहेको कम्पनीले बताएको छ।

अभियानबारे बोल्दै शाओमी नेपालका कन्ट्री म्यानेजर मनु मनस्वीले भने, ‘शाओमीको लक्ष्य व्यापार मात्र नभई समुदायहरूको सुरक्षा र कल्याणमा योगदान पुर्‍याउनु पनि हो। ट्राफिक प्रहरीसँगको सहकार्यमा सञ्चालन गरिएको यो ट्राफिक सचेतना अभियान नेपालका सडकलाई सबैका निम्ती सुरक्षित बनाउने हाम्रो प्रयास हो।’

शाओमी नेपाल र नेपाल ट्राफिक प्रहरीबीचको यो सहकार्यले सडक सुरक्षा र ट्राफिक नियमहरूको पालनाको महत्वबारे सर्वसाधारणलाई सचेत बनाउनुका साथै सडकलाई सुरक्षित बनाउन मद्दत पु¥याउनेछ।

सामाजिक उत्तरदायित्वप्रति समर्पित व्यापारिक संस्था भएकाले शाओमी नेपाल स्थानीय समुदायहरूको जीवनमा सुधार ल्याउन विभिन्न अभियानहरूमा नियमित रूपमा सहभागी हुँदै आएको छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad