लिभिङ विथ आईसीटीले आयोजना गरेको नवौं संस्करणको ‘इन्ड्राइभ आईसीटी अवार्ड २०२४ सपोर्टेड बाई एनसे इन एसोसिएसन विथ नेपालपे क्युआर, जेनेस एण्ड जुम’ सम्पन्न भएको छ।
विभिन्न १५ विधामा अवार्ड र सातै प्रदेशका उत्कृस्ट स्टार्टअपलाइ ‘रिकग्निसन’ प्रदान गरिएको थियो।
एक हजार बढी विशिष्ट व्यक्तिहरुको उपस्थितिमा ह्यात रिजेन्सी काठमाडौँमा आयोजना भएको भव्य समारोहबीच आईसीटी अवार्ड वितरण भएको थियो। अवार्ड वितरण कार्यक्रमका प्रमुख अतिथि सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरूङले डिजिटल प्रविधिमार्फत पानसमा बत्ती बोल्दै कार्यक्रमको उद्घाटन गरेका थिए।
सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी शुब्बा गुरुङ, कर्णाली प्रदेशका मुख्यमन्त्रि, योजना आयोगका उपध्यक्ष प्रा.डा शिवराज अधिकारी लगायतले बिजेतालाइ अवार्ड प्रदान गरेका थिए ।
यस वर्षको पायोनियर आईसीटी अवार्ड काठमाडौँ विश्वविद्यालयका सस्थापाक प्रा.डा. सुरेश राज शर्माले प्राप्त गरे। एनसेल वुमन आइकन नेपाल बैंकका डिजिटल बैंकिंङ र कार्ड विभाग प्रमुख बन्दना शर्माले प्राप्त गरिन्।

यसैगरी प्रोफेसनल एक्सिलेन्स आइसिलेन्स आईसीटी अवार्ड नामीका सस्थापक डा. बिशेष खनालले प्राप्त गरे । आन्टरप्रेनर्स आईसीटी अवार्ड फुडमान्डुका सस्थापक मनोहर अधिकारी र नेपाली डायस्पोरा आईसीटी अवार्ड न्युरल कम्पनिका सह-सस्थापक नामी बरालले प्राप्त गरिन्।
यस वर्षको इन्ड्राइभ स्टार्टअप आईसीटी अवार्ड क्रिम्सन टेक कम्पनिले जित्न सफल भयो भने द एसिया फाउन्डेसन सोसियल इन्नोभेसन आईसीटी अवार्ड २०२४ जियोकृषिले प्राप्त गरेको छ । यस वर्षको प्रडक्ट आईसीटी अवार्ड एपीआइ म्यानेजमेन्ट सिस्टमले प्राप्त गर्यो भने राईजिङ स्टार इन्नोभेसन आईसीटी अवार्ड स्पिकअपले जित्न सफल भएको छ । त्यसैगरी सबैभन्दा बढी भोट प्राप्त गरेर हाम्रोपे पब्लिक च्याइस आईसीटी अवार्ड ज्याप सर्भिसेसले प्रात गर्यो । सातै देशहरुका स्टार्टअपहरु लक्षित गरेर आयोजना गरिएको साउथ स्टार्टअप आईसीटी अवार्ड २०२४ भरतको हाइफन एससिएसले जितेको छ, अवार्डमा उत्कृस्ट ५ मा पर्न सफल अन्य देशका स्टार्टअपलाइ पनि सम्मान गरिएको छ ।
यसैगरी सस्थागत अवार्ड विधाहरुमा यस वर्षको डिजिटल गभर्नेन्स अवार्ड सर्बोच्च अदालतले प्राप्त गरेको छ भने डिजिटल सर्भिसेस अवार्ड आइएमइ पे ले जित्न सफल भएको छ । डिजिटल एजुकेसन आईसीटी अवार्ड पब्लिक र प्राइवेट सेक्टरमा क्रमश सुकुना माबि मोरङ र एलआरआइ कलंकीले प्राप्त गरेका छन् ।
यसबाहेक सातै प्रदेशका सात सर्वोत्कृष्ट स्टार्टअपलाई समेत प्रोभिन्स स्टार्टअप आईसीटी रिकग्निसन २०२४ बाट सम्मान गरेको छ।
यस वर्ष कोशी प्रदेशबाट डेल्टा टेक प्रालि, मधेश प्रदेशबाट तेजस टेक प्रालि, बागमती प्रदेशबाट अभियान्त्रिक कर्मशाला प्रालि, गण्डकी प्रदेशबाट आकाश डिजिटल प्रालि, लुम्बिनी प्रदेशबाट निन्जा इन्फोसिस प्रालि, कर्णाली प्रदेशबाट बिजनेश अनलाइन सर्भिस प्रालि र सुदूरपश्चिम प्रदेशबाट फार वेस्ट इन्फोटेक एण्ड रिसर्च सेन्टर प्रोभिन्स स्टार्टअप आईसीटी रिकग्निसन २०२४ बाट सम्मानित भएका छन् ।
अवार्ड समारोहमा गायक महेश काफ्ले र गायिका अस्मिता अधिकारीको सांगीतिक प्रस्तुतिले अवार्डलाई थप विशेष बनाएको थियो ।
अवार्ड समोरोहमा बोल्दै प्रमुख अतिथि सञ्चारमन्त्री पृथ्बी सुब्बा गुरूङले सूचना प्रविधिको विकासमा सरकारले जति गर्नुपर्ने हो, त्यति काम गर्न नसकेको स्वीकार गरे ।
‘आईटी दशक भनेर घोषणा गर्छौं । तर त्यसको कार्यान्वयनका लागि बजेट छुट्याएका छैनौं,’ उनले अगाडि भने, ‘नेपालसँग एउटा पनि आईटी पार्क छैन् । पूर्वाधार विकास र नीतिगत सुधार राज्यले गर्ने तथा निजी क्षेत्रले व्यवसाय गर्ने वातावरण सिर्जना गर्नुपर्छ ।’
त्यसैगरी कर्णाली प्रदेशका मुख्यमन्त्री यमलाल कडेलले जनतामा निराशा र कुण्ठा पैदा भइरहेको समयमा आईसीटी अवार्डले विकास र निर्माणमा सकारात्मक सन्देश दिएको बताए ।
स्वागत मन्तव्य दिदै आईसीटी अवार्डका अध्यक्ष राजन लम्सालले सन् २०१६ देखि डिजिटल इकोसिस्टम विकास र प्रवर्द्धनमा क्रियासिल यो कार्यक्रम नेपालमा मात्रै नभएर विदेशमा समेत विस्तार भएको बताए । सूचनाको प्रविधिको विकासमा निजी क्षेत्र अग्रणी भूमिकामा जानकारी दिदै उनले सरकारले नीतिगत सुधार गर्दै अझै सहयोगी हात बढाउनु पर्नेमा जोड दिए ।
यस्तै प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका अध्यक्ष अम्बर बहादुर थापाले प्रविधिले संसारलाई जोडेको जानकारी दिदै नेपालमा भने अझैपनि आईटीमा सोचे जस्तो विकास हुन नसकेको बताए ।
यस्तै राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. शिवराज अधिकारीले देशका कुनाकाप्चामा रहेको प्रतिभालाई आईसीटी अवार्डले खोजेर ल्याउने गरेको जानकारी दिदै सरकारले पनि आईटी र स्टार्टअपलाई प्राथमिकता दिएको बताए ।
लिभिङ विथ आईसीटीले सन् २०१६ देखि हरेक वर्ष आयोजना गर्दै आइरहेको आईसीटी अवार्ड कार्यक्रम, सूचना तथा सञ्चार प्रविधि क्षेत्रको सबैभन्दा ठुलो र प्रतिष्ठित अवार्ड कार्यक्रमको रूपमा परिचित छ । आईसीटी अवार्ड अन्तर्राष्ट्रिय अवार्डहरू डब्लुएसए अवार्ड, अरोरा टेक अवार्ड लगायतको आधिकारिक साझेदार समेत हो ।
आईसीटी अवार्ड २०२४ मा विभिन्न १४ विधामा ८०० बढीको अनलाइन नोमिनेश प्राप्त भएको थियो । १४ जना स्वदेशी र ३ जना अन्तर्राष्ट्रिय विज्ञ जुरीहरूले २५ वटा बढी मिटिङहरु सञ्चालन गदै छनौट प्रकृयालाई सम्पन्न गरेका थिए ।
आईसीटी अवार्डको प्रि-इभेन्टको रूपमा सातै प्रदेशमा स्टार्टअप मिटअप, २ दिने स्टार्टअप एण्ड आईडिया फेस्ट, बुटक्याम्प तथा मेन्टरिङ, इन्डष्ट्री भिजिट, फिल्ड भिजिट, स्पीड डेटिङ तथा प्रिजेन्टेसन, कान्तिपुर टिभीबाट विशेष कार्यक्रम शृंखला लगायत करिब दर्जन कार्यक्रम सञ्चालन भएका थिए ।
आईसीटी अवार्डको ग्राण्ड फिनाले कान्तिपुर टेलिभिजन एचडी, हाम्रो पात्रो, आईसीटी अवार्डको फेसबुक पेज तथा युट्युब च्यानल लगायतका माध्यमबाट प्रत्यक्ष प्रसारण भएको थियो ।
शुक्रबार आयोजना भएको आईसीटी अवार्ड २०२४ को ग्राण्ड फिनाले कार्यक्रमलाई सफल बनाउन इन्ड्राइभ, एनसेल फाउन्डेसन, नेपालपे क्युआर, जेनस, जुमले मुख्यरुपमा सहयोग गरेका थिए ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, सूचना प्रविधि विभाग, नेपाल दूरसञ्चार प्राधिकरण लगायतको सहयोग र सहकार्य रहेको कार्यक्रममा इन्नोभेसन पार्टनरमा द एशिया फाउन्डेसन, पावर्ड बाइ स्मार्टटेन टेक्नोलोजी र सेक्युरिटी पार्टनरमा फोर्टिनेट रहेका थिए ।
राष्ट्रिय वाणिज्य बैंक, नबिल बैंक, हाम्रो पे, एमआईटी कलेज, डिशहोम, नबिल बैंक, सस्तो टिकेट्स, मेन्टरल्याब, हामो पात्रो, टेक्नोरियो, सिटी एक्सप्रेस, ब्रोडवे इन्फोसिस, इमिनेंस वेज, सुन्यएक, दुरशिक्षा लगायत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिष्ठित संस्थाहरूको अवार्ड कार्यक्रमको लागि सहयोग र सहकार्य रहेको छ ।
यी हुन् इनड्राइभ आईसीटी अवार्ड २०२४ का विजेताहरू
इन्ड्राइभ स्टार्टअप आईसीटी अवार्ड: क्रिमसन टेक
प्रडक्ट आईसीटी अवार्ड: एपीआई म्यानेजमेन्ट सिस्टम (एपीआईएमएस)
राइजिङ स्टार आईसीटी अवार्ड: स्पिकअप नेपाल
द एशिया फाउन्डेसन सोसल इन्नोभेसन आईसीटी अवार्डः जियोकृषि
हाम्रो पे पब्लिक च्वाइस आईसीटी अवार्ड : ज्याप सर्भिसेस
डिजिटल एजुकेशन आईसीटी अवार्ड (प्राइभेट सेक्टर): एलआरआई स्कुल, काठमाडौं
डिजिटल एजुकेशन आईसीटी अवार्ड (पब्लिक सेक्टर): सुकुना माध्यमिक विद्यालय, मोरङ
एनसेल वुमन आइकन आईसीटी अवार्ड: बन्दना शर्मा
पायोनियर आईसीटी अवार्ड: प्रा.डा. सुरेशराज शर्मा
आन्टरप्रेनर आईसीटी अवार्ड: मनोहर अधिकारी
नेपाली डायस्पोरा आईसीटी अवार्ड: नामी बराल
डिजिटल सर्भिसेस आईसीटी अवार्ड: आईएमई पे
डिजिटल गभर्नेन्स आईसीटी अवार्ड: सर्वोच्च अदालत
साउथ एसिया स्टार्टअप आईसीटी अवार्ड: हाइफेन एससीएस (भारत)
सात प्रदेशका उत्कृष्ट स्टार्टअपहरु (कोशीदेखि सुदुरपश्चिमसम्म क्रमश) : डेल्टा टेक, तेजस टेक, अभियान्त्रिक कर्मशाला, आकाश डिजिटल, निन्जा इन्फोसिस, बिजनेश अनलाइन सर्भिस र फार वेस्ट इन्फोटेक एण्ड रिसर्च सेन्टर
Shares

प्रतिक्रिया