कारोबार


तमोर-ढुंगेसाँघु २२० केभी प्रसारणलाइन निजी लगानीमा बन्ने, लागत करिब ३.८ अर्ब

तमोर-ढुंगेसाँघु २२० केभी प्रसारणलाइन निजी लगानीमा बन्ने, लागत करिब ३.८ अर्ब

नेपालखबर
पुस २, २०८१ मंगलबार १५:३०, काठमाडौँ

राष्ट्रिय प्रसारण ग्रिडले तमोर-ढुंगेसाँघु २२० केभी प्रसारणलाइनलाई सार्वजनिक निजी लगानीमार्फत निर्माण गर्ने भएको छ।

ग्रिड कम्पनीले उत्पादकहरुको सहयोगमा प्रसारणलाइन निर्माण गर्ने भएको हो।

३२ किमि लम्बाइ र एक २२०/१३२ केभीको सब-स्टेसन कार्य क्षेत्र रहेको उक्त आयोजनाको कुल लागत करिब ३.८ अर्ब रुपैयाँ छ।

निर्माणपूर्वका सबैजसो कार्यसम्पन्न गरिएको यस आयोजनाको प्रसारण अनुमति प्राप्तिको समेत अन्तिम चरणमा छ।

हाल करिब ७० रोपनी जग्गा अधिग्रहण गरिसकिएको र सोसहितको अन्य खर्च पछि स्थापना गरिने कम्पनीमा पुँजीकृत गरिनेछ। 

हाल ७४ प्रतिशत सेयर उत्पादक कम्पनी र २६ प्रतिशत सेयर ग्रिड कम्पनीको हुनेछ।

आयोजनाको मुख्य आय स्रोत सम्बन्धित उत्पादक कम्पनीले बुक गरेको ह्विलिङ चार्ज अर्थात् विद्युतको भाडा तिर्नुपर्नेछ। 

आयबाट ऋण चुक्ता र सञ्चालन खर्च कटाएर हुने नाफा/नोक्सान सेयर होल्डरले व्यहोर्ने अवधारणा रहेको यस आयोजना आफ्नै स्वतन्त्र कर्पोरेट मान्यताबाट परिचालन हुनेछ।

सुरुवाती चरणमा यसलाई सार्वजनिक निजी साझेदारीमार्फत विकास गरी आवश्यकताअनुरुप पूर्ण निजी लगानीमा समेत निर्माण र सञ्चालन गर्न सकिने देखिन्छ।

सरकारबाट सन् २०३० मा १३ हजार मेगावाट र २०३५ मा २८ हजार ५०० मेगावाट विद्युत् उत्पादन गरी त्यसलाई प्रसारण, वितरण, उपभोग र निर्यातको एकीकृत नीति लिएको छ।

प्रसारण प्रणालीका लागि सन् २०३० सम्म ६ खर्ब, २०३५ सम्ममा ७ खर्ब र २०४० सम्ममा ९.१ खर्ब पुँजी आवश्यक पर्ने मन्त्रालयको अध्ययनले देखाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad