कला


क्यान्सर पीडित न्यौपानेलाई ‘लाज शरणम्’ टिमको सहयोग

क्यान्सर पीडित न्यौपानेलाई ‘लाज शरणम्’ टिमको सहयोग

नेपालखबर
पुस २, २०८१ मंगलबार १५:४१, काठमाडौँ

फिल्म ‘लाज शरणम्’ निर्माण टिमले क्यान्सर पीडित नवराज न्यौपानेलाई ५० हजार रुपैयाँ सहयोग गरेको छ।

निर्देशक कुमार कट्टेल ‘जिग्री’ सहित कलाकारद्वय अर्जुन घिमिरे ‘पाँडे’, हरिश निरौला ‘क्रकोच’ लगायतले न्यौपानेलाई उनकै घर पुगेर सहयोग हस्तान्तरण गरे।

दुई वर्षदेखि क्यान्सरसँग जुधिरहेका न्यौपानेलाई उनीहरुले आत्मबल बढाउन हौसला समेत दिए।

सिन्धुपाल्चोक घर भएका न्यौपानेलाई कुवेतमा काम गर्दा ब्लड क्यानर भएको थियो। ब्लड क्यान्सर भएपछि उनी दुई वर्षअघि नेपाल आएका थिए।

अहिले उपचाररत न्यौपानेलाई आर्थिक अवस्था कमजोर भएकाले थप उपचारमा कठिनाइ भइरहेको छ। न्यौपाने साहित्य सिर्जना समेत गर्छन्।

चर्चित टेलिभिजन श्रृंखला ‘सक्किगो नि’ टिमले ‘लाज शरणम्’ निर्माण गरेको हो। कट्टेलकै लेखन रहेको यो फिल्म आगामी फागुन १४ गतेबाट रिलिज हुँदैछ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad