मुलुकमा दर्जनौँ भुक्तानी सेवा प्रदायकका बीच पछिल्लोपटक सुरु भएको सेलपे उपभोक्तामाझ लोकप्रिय बन्दै गएको छ।
सात महिनाअघि सुरु भएको भुक्तानी सेवा प्रदायक सेलपेमा रहेका उपभोक्तालाई उपलब्ध गराइएका विशेषताका कारण छाेटो समयमा लोकप्रिय बनेको हो।
सेलपेमा रहेका विशेष किसिमका विशेषताका कारण छोटो समयमा लोकप्रिय बनेको आईएमएस ग्रुपका अध्यक्ष दीपक मल्होत्राले बताए। सेलकम प्राइभेट लिमिटेडले सञ्चालन गरेको सेलपे आईएमएस ग्रुपअन्तर्गतको एक कम्पनी हो।
मोबाइल तथा बेभ एप्लिकेसनको माध्यमबाट विभिन्न भुक्तानी गर्न सकिने यो सेवा अन्य भुक्तानी सेवाभन्दा फरक भएका कारणले उपभोक्ताले मन पराएको मल्होत्राको भनाइ छ।
मुलुकमा सञ्चालन भइरहेका अधिकांश पेमेन्ट गेटवे वालेटबाट चल्छन्। सेलपे वालेट होइन।
यसको सबैभन्दा मन पराइएको फिचर भनेको यसको खाता ग्राहकको बैंक खातामा सिधै जोडिन्छ। ग्राहकले सेलपेको अकाउन्टमा पैसा राख्नुपर्दैन।
सिधै बैंकमै खाता जोडिने भएकाले यसमा ब्याज समेत प्राप्त हुन्छ। तर अन्य सेवा प्रदायकमा रहने वालेटमा जम्मा गरिएको पैसाको भने ब्याज प्राप्त हुँदैन।
‘मुलुकमै पहिलोपटक सिधै बैंकबाट खर्च गर्न पाउने सुविधासहित सेलपे आएको छ’, मल्होत्राले भने, ‘सेलपे प्रयोग गर्दा ब्याज पाउने ग्यारेन्टी हुन्छ।’
यस सेवाको अर्को विशेषता भनेको रियल टाइममा ट्रान्सफर हो, कुनै पनि सेवा प्रयोग गर्दा ‘एक सेकेन्ड’मा रकम भक्तानी गर्न सकिने दाबी मल्होत्राको छ।
सेलपे प्रयोग गर्दा बैंक खाता हुुनुपर्छ र दुवै पक्षसँग सेलपे प्रयोग भएको हुनुपर्छ।
कसरी चलाउने ?
–सेलपेबाट पाइने धेरै सेवाको भुक्तानी रियल टाइममा गर्न सकिन्छ।
–सेलपेबाट ल्याण्डलाइन, इन्टरनेट, डिटिएच, केबुल टिभी, मोबाइल रिचार्ज जस्ता विभिन्न भुक्तानी रियल टाइममा गर्न सकिन्छ।
–आफ्नो आफन्त तथा साथीभाइलाई बैंक अकाउन्टबाट सिधै पैसा पठाउन र पाउन सकिन्छ।
–सेलपे एप एन्ड्रोइड र आइओएस दुबै प्लेटफर्ममा उपलब्ध छ।
कसरी रजिष्ट्रेसन गर्ने
–सेलपे सञ्चालन गर्न सबैभन्दा पहिला मोबाइल एप वा बेभसाइटमा जानु पर्छ। मोबाइल एप चलाउनको लागि प्लेस्टेरमा गएर सेलपे एप डाउनलोड गर्नुपर्छ। यो एप एन्ड्रोइड र आइओस दुबै प्लेटस्टोरमा उपलब्ध छ।
–सेलपे साइनअप गर्न आफ्नो ‘डिटेल्स’ र ‘युजर टाइप कस्टुमर सेलेक्ट’ गरी सबमिट गर्ने
–आफूलाई याद हुने पिन नम्बर राखेर साइनअप गर्ने
–सुरक्षाको लागि फोन ‘भेरिफिकेसन’ मार्फत तपाइलाई एसएमएसद्वारा ‘ओटिपी कोड’ नम्बर दिइनेछ।
–‘ओटिपी कोड’ नम्बर रोखेर सेलपे अकाउन्ट ‘भेरिफाइ’ गर्नुहोस्।
–रजिष्ट्रेसन सफल भएपछि तपाइको सेलपे एपमा नोटिफिकेसनद्धारा जानकारी गराइन्छ।
–रजिष्ट्रेसन सफल भएपछि केवाइसी अपडेट गर्नुपर्छ। केवाइसी अपडेट गर्न त्यहाँ दिइएको अपसनमा परिवार र आफ्नो बारेमा अपडेट गर्नुपर्छ।
–यो अपडेट पुरा गर्न तपाइको फोटो र नागरिकता÷ड्राइभिङ लाइसेन्स÷पासवर्डमध्ये एउटा चाहिन्छ। यसलाई मोबाइलबाट स्क्यान गरेर अपलोड गर्न सकिन्छ।
–केवाइसी अपडेट भएपछि एसएमएसद्धारा नोटिफिकेसनबाट जानकारी प्राप्त हुन्छ।
–केवाइसी अपडेट भएपछि तपाइ आफ्नो बैंक खाता लिंक गर्न सक्नुहुन्छ।
–बैंक खाता लिंक गर्न म्यानेज अकाउन्टमा गएर आफ्नो बैंक छनोट गर्नुपर्छ। र बैंक खाता नम्बर हाली कनेक्ट गर्नुहास्। थप बैंक खाता लिंक गर्न म्यानेज अकाउन्ट गएर प्लस साइनअपमा क्लिक गरेर अकाउन्ट लिंक गर्न सकिन्छ।
अब तपाईं सेलपेको सबै सेवा लिन सक्नुहुन्छ।

प्रतिक्रिया