राजनीति


सभामुख सापकोटा र उत्तर कोरियाली राजदूतबीच शिष्टाचार भेटवार्ता

सभामुख सापकोटा र उत्तर कोरियाली राजदूतबीच शिष्टाचार भेटवार्ता

नेपालखबर
चैत ४, २०७६ मंगलबार १०:२२,

सभामुख अग्निप्रसाद सापकोटासँग नेपालका लागि उत्तर कोरियाली राजदूत जो योङम्यानले शिष्टाचार भेट गरेका छन्।

सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भएको भेटमा राजदूत जो योङमयानले सभामुख सापकोटालाई बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुुभकामना व्यक्त गरे।

भेटमा सभामुख सापकोटाले उत्तर कोरियाले वार्ताका माध्यमबाट समस्या समाधानका लागि गरिरहेको पहलले विश्वभर सकारात्मक सन्देश गएको बताए।

उनले कोरोना भाइरसले विश्वलाई भयभित बनाइरहँदा उत्तर कोरियाले अपनाएको सतर्कता राम्रो पक्ष भएको उल्लेख गरे।

राजदूत योङले उत्तर कोरियाले अन्तर्राष्ट्रिय स्तरमा सम्बन्ध विस्तारका लागि पहल गरिरहेको बताए। उनले नेपालले कोरोना रोक्न गरिरहेको प्रयासको प्रशंसा गर्दै सफलताको कामना गरे।

उत्तर कोरियाले अपनाएको सतर्कताले अहिलेसम्म देशमा कोरोना संक्रमण नदेखिएको बताउँदै नेपालमा पनि कोरोना संक्रमण नभेटिनुु सुखद पक्ष भएको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad