कारोबार


तीन वाणिज्य बैंकको ब्याजदर बढ्दा तीनको घट्यो, अन्यको पुरानै (सूची)

तीन वाणिज्य बैंकको ब्याजदर बढ्दा तीनको घट्यो, अन्यको पुरानै (सूची)

नेपालखबर
मंसिर ३०, २०८१ आइतबार ११:२९, काठमाडौँ

वाणिज्य बैंकहरूले पुस महिनाका लागि ब्याजदर सार्वजनिक गरेका छन्।

आइतबार सार्वजनिक ब्याजदरअनुसार  १४ वाणिज्य बैंकले मंसिरकै ब्याजदरलाई निरन्तरता दिएका छन्।

तीन वाणिज्य बैंकले ब्याज थोरैले बढाएका छन् भने बाँकी तीन बैंकले घटाएका छन्।

पुसा महिनामा एनएमबी बैंक, प्राइम कमर्सियल बैंक र कृषि विकास बैंकले ब्याजदर बढाउँदा नेपाल बैंक, सानिमा बैंक र एनआईसी एसिया बैंकले भने मंसिरको तुलनामा पुसका लागि ब्याजदर घटाएका हुन्।

नेपाल बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ ०.३५ प्रतिशतले घटाएर ५.५६ प्रतिशत ब्याज कायम गर्दा एनआईसी एसियाले ०.१९ प्रतिशतले घटाएर ६.६ प्रतिशत र सानिमा बैंकले ०.१ प्रतिशतले ब्याज घटाएर ६.०५ प्रतिशत ब्याजदर कायम गरेका हुन्।

यस्तै कृषि विकास बैंकले भने ०.०३३ प्रतिशतले ब्याजदर बढाएर व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर ५.५३ प्रतिशत कायम गर्दा प्राइम कमर्सियल बैंकले ०.५ प्रतिशतले बढाएर ६.२५ प्रतिशत र एनएमबी बैंकले १।०३ प्रतिशत ब्याज बढाएर ६.६ प्रतिशत ब्याजदर कायम गरेको छ।

बाँकी लक्ष्मी सनराइज बैंक, सिटिजन्स बैंक, ग्लोबल आईएमई बैंक, नबिल बैंक, कुमारी बैंक, माछापुच्छ्रे बैंक, सिद्धार्थ बैंक, नेपाल एसबीआई बैंक, एभरेस्ट बैंक, राष्ट्रिय वाणिज्य बैंक, प्रभु बैंक, स्टान्डर्ड चाटर्ड बैंक, नेपाल इन्भेस्टमेन्ट मेघा बैंक  र हिमालयन बैंकले भने मंसिर महिनाकै ब्याजदरलाई निरन्तरता दिएका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad