कारोबार


अर्थमन्त्रीसँग ‘ट्युनिङ’ मिल्ने व्यक्ति नियमनकारी निकायमा हुँदा पनि भनेजस्तो नतिजा आएन : पूर्वअर्थमन्त्री पुन

अर्थमन्त्रीसँग ‘ट्युनिङ’ मिल्ने व्यक्ति नियमनकारी निकायमा हुँदा पनि भनेजस्तो नतिजा आएन : पूर्वअर्थमन्त्री पुन

नेपालखबर
मंसिर २६, २०८१ बुधबार २०:१८, काठमाडौँ

पूर्वअर्थमन्त्री वर्षमान पुनले अर्थमन्त्रीसँग ट्युनिङ मिल्ने मान्छेहरु नियमनकारी निकायमा हुँदा पनि भनेजस्तो नतिजा आउन नसकेको बताएका छन्।

बुधवार प्रतिनिधि सभा अन्तरर्गतको अर्थ समितिमा भएको छलफलमा पूर्वअर्थमन्त्री पुनले यस्तो बताएका हुन्। अर्थतन्त्र सुधार गर्नेदेखि पुँजीबजार, बिमा क्षेत्रमा आफू अनकुलमा व्यक्तिहरु हुँदा पनि अर्थमन्त्रीले नतिजा देखाउने गरी काम गर्न नसकेको आरोप लगाए।

उनले नेपालका नियामक निकायमा क्षमतावान र स्वस्थ व्यक्ति सरकारले ल्याउन नसक्दा समस्या भइरहेको जानकारी दिए। उनले  लगानी प्रवर्द्धन गर्ने, नियमन गर्ने र बजार चलयमान बनाउने बीमा प्राधिकरण, धितोपत्र बोर्ड जस्ता निकायमा स्वस्थ व्यक्ति पुग्न नसकेको बताएको बताए।

उनले आफू अर्थमन्त्री हुँदा बीमा प्राधिकरणको अध्यक्षको डकुमेण्ट मन्त्रालयमा आउँदा अध्यक्षलाई राजीनामा दिनुस् भन्दा नमानेको खुलासा गरे।

उनले भने,‘हाम्रोमा लगानी प्रवर्द्धन गर्ने, नियमन गर्ने र बजार चलयमान बनाउने बीमा प्राधिकरण, धितोपत्र बोर्ड जस्ता निकायमा अर्थमन्त्रीको ट्युनिङ मिल्ने मान्छे हुँदा पनि नतिजा निस्कन सकेको छैन। म आफैं अर्थमन्त्री हुँदा बिमा प्राधिकरणको अध्यक्षको डकुमेन्ट मन्त्रालयमा आएको थियो। फेक देखिएपछि राजीनामा दिनुस् भन्दा मान्नुभएन। आफू स्वतन्त्र निकायको व्यक्ति हुँ भन्नुभयो। अहिले अख्तियारले मुद्दा  दायर गरेको छ।’

उनले मुलुकमा पछिल्लो समय आन्तरिक तथा वाह्य लगानीको वातावरण बन्न नसकेको उल्लेख गरे। उनले त्यसको लागि सरकारले निजी क्षेत्रसँगको सहकार्यमा लगानीको वातावरण बनाउन जरुरी रहेको बताए।

पूर्वअर्थमन्त्री पुनले भने, ‘हाम्रोमा आजका दिनमा पनि खर्च कसरी बढाउने भन्ने विषय नै प्रमुख छ। विगतका वर्षका दायित्व नै धेरै हुन्छ। यस्तो अवस्थामा काम गर्न कठिन हुन्छ। कहिलेकाहीँ हालका अर्थमन्त्रीले नीति तथा कार्यक्रममा भएका कुराहरु परिवर्तन गर्न लागेको, पूर्वाधार आयोजना हटाउन लागेको भन्ने विषय पनि आउँछन्। तर बजेट एकदमै ग्राउनलेबलबाट आएको छ। अर्को सरकार वा अर्थमन्त्रीले ल्याएको बजेट भनेर फरक कोणले हेर्नुपर्ने आवश्यकता छैन।’

उनले सरकार र नियमनकारी निकायहरुबीच ट्युनिङ मिल्ने/नमिल्ने विषयको कारणले पनि बजारमा ऋण प्रवाह हुन नसकेको बताए। उनले निजी क्षेत्रको अहिले पनि मनोवल माथि उठ्न नसकेको दाबी गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad