कारोबार


नेटा एक्स बन्यो सबैभन्दा धेरै बिक्री हुने ईभी

नेटा एक्स बन्यो सबैभन्दा धेरै बिक्री हुने ईभी

नेपालखबर
मंसिर २०, २०८१ बिहिबार १९:२८, काठमाडौँ

चीनको बहुचर्चित अटोमोबाइल निर्माता कम्पनी नेटा एक्सले लगातार दुई महिना थाईल्यान्डमा सबैभन्दा धेरै बिक्री हुने एसयूभी बनेको छ।

थाईल्यान्डमा २०२४ अक्टोबर र नोभेम्बरमा बिक्री भएका एसयूभी हरूमा सबैभन्दा बढी बिक्री भएको नेटा एक्सले उक्त वेष्ट सेलिङ्ग एस युभीको जित हासिल गर्न सफल भएको बताएको छ।

थाईल्यान्डको अटो मोबाइलले  क्षेत्रमा गत अक्टोबर र नोभेम्बरमा  नेटाका दुई भेरियन्टहरू नेटा एक्स ४०१ कन्फर्ट तथा नेटा एक्स ४८०  स्मार्टको बिक्री तथ्याङ्कलाई आधार मानिएको बताएको छ।

थाईल्यान्डका लागि नेटा ब्रान्डका विभिन्न सवारी साधन बिक्री वितरण हुँदै आइरहेका छन्। चिनियाँ ब्रान्ड नेटाले नेपालका लागि आधिकारिक वितरक सीजी मोटर्स रहेको छ भने नेपालमा नेटा भी तथा नेटा एस मोडलमा इलेक्ट्रिक कारहरू उपलब्ध रहेका छन्।  

कम्पनीका अनुसार नेटा एक्स एकपटक चार्ज गर्दा ५०० किमिसम्म चल्न सक्छ। यसमा १८५ एमएम ग्राउन्ड क्लियरेन्स छ, जसले ड्राइभरलाई सुरक्षाको महसुस गराउँछ। सीएटीयलका अत्याधुनिक लिथियम आइरन फस्फेट ब्याट्रीहरूमा आधारित, नेटाएक्सले पनि ८ वर्ष वा १ लाख ८०  हजार किमिको वारेन्टीसँगै विश्वसनीयता र दीर्घकालिकता सुनिश्चित गर्दछ।

यी विशेषताहरू नेटाएक्सलाई बहुपरकारी र इकोफ्रेन्ड्ली एसयूभी खोज्नेहरूको लागि आकर्षक विकल्प बनाउने कम्पनीको भनाई छ।  

नेपालमा इलेक्ट्रिक गाडीहरूको माग बढ्दै जानका साथ, सीजी मोटर्स इवी इन्फ्रास्ट्रक्चरको लागि विश्वसनीय सेवा र मर्मत सेवा सुनिश्चित गरिरहेको जनाएको छ।

केहीदिन अघि बागडोलमा नयाँ सर्विस स्टेसन उद्घाटन गर्दै नेपालभरि २१ सर्विस स्टेसनहरू तथा स्पेर पार्ट्स बिक्रीको सञ्जाल विस्तार गरेको छ। कम्पनीले नेपालभरी २०० भन्दा बढी चार्जिङ स्टेसनहरू स्थापना गरिसकेको छ र यसको सञ्जाललाई अझै विस्तार गर्दै जाने बताएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad