कारोबार


बीआरआईमा कांग्रेस-एमालेबीच साझा धारणा बन्यो, अब कार्यान्वयन सहज हुन्छ : शंकर पोखरेल

बीआरआईमा कांग्रेस-एमालेबीच साझा धारणा बन्यो, अब कार्यान्वयन सहज हुन्छ : शंकर पोखरेल

नेपालखबर
मंसिर १५, २०८१ शनिबार २०:५९, काठमाडौँ

नेकपा एमालेका महासचिव शंकर पोखरेलले सत्तारूढ प्रमुख दुई दल बीआरआई कार्यान्वयनका सन्दर्भमा साझा धारणा बनाउन सफल भएको बताएका छन्।

बीआरआईअन्तर्गत चिनियाँ सहयोग परिचालनका सन्दर्भमा साझा फ्रेमवर्क तयार भएकाले अब यसको कार्यान्वयन सहज हुने विश्वास पनि उनले व्यक्त गरेका छन्।

दुवै दलले तयार पारेको ‘बीआरआई सहकार्य फ्रेमवर्क’ फ्रेमवर्क चिनियाँ पक्षलाई हस्तान्तरण गरेपछि महासचिव पोखरेलले सामाजिक सञ्जालमा लेखेका छन्, ‘बीआरआईको कार्यान्वयका सन्दर्भमा नेपालका प्रमुख राजनीतिक दलहरू नेपाली कांग्रेस र नेकपा एमालेले साझा धारणा बनाउने काम गरेका छन्। विगतमा बीआरआईका सन्दर्भमा नेपालले एमओयू हस्ताक्षर गरे पनि सो अन्तरगतका परियोजनाहरू अघि बढ्न सकेका थिएनन्। अब बीआरआई अन्तरगतको चिनियाँ सहयोग परिचालनका सन्दर्भमा साझा फ्रेमवर्क तयार भएसँगै परियोजना कार्यान्वयनमा सहजता हुनेछ। प्रधानमन्त्रीको आसन्न चीन भ्रमणमा यस सहमतिले सार्थकता पाएसँगै नेपालको विकासमा चिनियाँ सहयोग परिचालनमा तीव्रता आउनेछ। बीआरआईका सन्दर्भमा प्रमुख दलहरू बीचको सहमतिले अन्तर्राष्ट्रिय मामिलामा साझा राष्ट्रिय दृष्टिकोण तयार गर्ने सुखद प्रकृया आरम्भ भएको मान्न सकिन्छ।’

चीनले भने बीआरआई कार्यान्वयन योजनामा हस्ताक्षर गर्न प्रस्ताव गरेको थियो। नेपाली कांग्रेसले ऋण लिन नसकिने र नाम पनि फेर्नुपर्ने अडान राखेपछि दुवै दलको लामो समयको गृहकार्यपछि यो दस्तावेज तयार भएको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad