ललितपुरका एक व्यवसायी झापाबाट १५ दिन पहिलेदेखि सम्पर्कविहीन भएका छन्।
ललितपुरको महांकाल गाउँपालिका-२, मानिखेलका ४० वर्षीय दिलनाथ बजगाईँ गएको कात्तिक २९ गतेदेखि सम्पर्कविहीन भएको भन्दै परिवारले इलाका प्रहरी कार्यालय काँकडभिट्टामा निवेदन दिएको छ।
इलाका प्रहरी कार्यालय, काकडभिट्टाका प्रमुख डीएसपी मिमबहादुर लामाले परिवारले खोजतलासका लागि निवेदन दिएको र प्रहरीले खोजी गरिरहेको बताए।
बजगाईं घरजग्गा व्यवसायी हुन्। व्यवसायकै काममा झापा पुगेका उनी काकडभिट्टास्थित न्यू हिकोला हेरिटेज होटलमा बसेको र कात्तिक २९ गते श्रीमती तुलसासँग फेसबुकमा कुरा भएपछि सम्पर्कविहीन रहेको परिवारले निवेदनमा बताएका छन्।
उनले कात्तिक ३० गते भारतको गोवा जान हवाई टिकट काटेको तर पछि टिकट रद्द गरेको पाइएको छ।
‘अब यहाँ सिमाना नजिकै छ। भारततिर जानुभएको पनि हुन सक्छ, अन्य कुरा पनि हुन सक्छ। हामी खोजिरहेका छौँ,’ डीएसपी लामाले नेपालखबरसँग भने।
Shares

प्रतिक्रिया