कारोबार


६ रोपनीमा ‘ड्रागन फ्रुट’ खेती, वार्षिक १५ लाख आम्दानी

६ रोपनीमा ‘ड्रागन फ्रुट’ खेती, वार्षिक १५ लाख आम्दानी

नेपालखबर
मंसिर ९, २०८१ आइतबार १०:२९, सिन्धुपाल्चाेक

सिन्धुपाल्चोकको साँगाचोकगढी  नगरपालिका–१४ डडुवाका ओमबहादुर बस्नेत  ‘ड्रागन फ्रुट’को बगैँचा विस्तार गर्ने योजनामा लागेका छन्। यो खेतीबाट मनग्य आम्दानी हुन थालेपछि उनी खेती विस्तारको योजनामा लागेका हुन्। 

छ रोपनीमा ड्रागन फ्रुट खेती सुरु गरेका बस्नेत स्वदेशमा नै पाखुरा बजार्न युवा पुस्तालाई आग्रह गर्छन्। बजारमा ड्रागन फ्रुटको उच्च माग भएकाले मागअनुसार आपूर्ति गर्न आफूलाई हम्म्मेहम्मे परेको उनले बताए।  
 
विदेश जाने खर्च आफ्नै घरगाउँमा ड्रागन फ्रुट का लागि गरेमा वार्षिक रु १२ देखि १५ लाखसम्म कमाउन सकिने उनको सुझाव छ। 

जुनसुकै मौसम र माटोमा यो फल लाग्ने भएकाले उनले युवालाई स्वदेशमा नै श्रम गर्न सुझाव दिएका हुन्। वर्षको दुईपटक उत्पादन हुने ड्रागन फ्रुट प्रतिकिलो रु पाँच सयभन्दा बढीमा बिक्री हुने गरेको उनले सुनाए। 

चौतारा साँगाचोकगढी  नगरपालिकाले  ड्रागन फ्रुटखेतीलाई प्रोत्साहन गर्न तारबारका लागि रु चार लाखसहयोग गरेको छ।  

एकपटक बिरूवा लगाएपछि समय–समयमा सामान्य गोडमेल र सिँचाइबाहेक अन्य काम  गर्नु नपर्ने र रोपेको दुई वर्षदेखि लगातार लामो समयसम्म फल दिने हुनाले अन्य खेतीबालीको तुलनामा यसबाट प्रशस्त आम्दानी हुने गरेको बस्नेतले बताए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad