कारोबार


सीजी मोटर्स सबैभन्दा बढी आयकर बुझाउने कम्पनीका रुपमा सम्मानित

सीजी मोटर्स सबैभन्दा बढी आयकर बुझाउने कम्पनीका रुपमा सम्मानित

नेपालखबर
मंसिर ७, २०८१ शुक्रबार १४:४६, काठमाडौँ

आन्तरिक राजस्व कार्यालय ललितपुरले सीजी मोटर्स प्रालिलाई सबैभन्दा बढी आयकर बुझाउने कम्पनीका रुपमा सम्मान गरेको छ। 

राष्ट्रिय कर दिवसको अवसरमा शुक्रबार राजस्व कार्यालयमा आयोजित एक कार्यक्रमका बीच उक्त सम्मान गरिएको हो।

आन्तरिक राजस्व कार्यालय ललितपुरमा व्यावसायिक स्थायी लेखा नम्बर लिई कारोबार गरेका करदाताहरूमध्ये आर्थिक बर्ष २०७९/०८० को आय विवरणको आधारमा सबैभन्दा बढी आयकर दाखिला गरेकोमा सीजी मोटर्सलाई सम्मान गरिएको आन्तरिक राजस्व कार्यालयले जनाएको छ। 

आन्तरिक राजस्व कार्यालयका प्रमुख कर अधिकृत नवराज पन्थीले चौधरी ग्रुपका प्रवन्ध निर्देशक निर्वाण चौधरीलाई खादा र सम्मान पत्रद्वारा सम्मान गरेका हुन्।

सीजी मोटर्सलाई सबैभन्दा बढी आयकर बुझाउने कम्पनीका रुपमा सम्मान गर्न पाउँदा खुसी लागेको र आगामी वर्षहरूमा कम्पनीले थप व्यवसायिक सफलता हासिल गर्ने शुभकामना दिए। 

चौधरी ग्रुपका प्रबन्धनिर्देशक चौधरीले आफ्नो ग्रुपले देशको कुल सरकारी राजस्वको दुई प्रतिशत कर योगदान गर्न सकेकोमा सन्तोष व्यक्त गर्दै राष्ट्रको भौतिक एवं सामाजिक विकासमा यस्तो योगदानलाई बढाउँदै लैजान चौधरी ग्रुप प्रतिबद्ध बताए। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad