ग्लोबल


इजरायली प्रधानमन्त्री, पूर्वरक्षामन्त्री र हमास कमान्डरविरुद्ध अन्तर्राष्ट्रिय अदालतद्वारा पक्राउ पुर्जी जारी

इजरायली प्रधानमन्त्री, पूर्वरक्षामन्त्री र हमास कमान्डरविरुद्ध अन्तर्राष्ट्रिय अदालतद्वारा पक्राउ पुर्जी जारी

नेपालखबर
मंसिर ६, २०८१ बिहिबार १९:३८, काठमाडौँ

अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) ले हमासका सैन्य कमान्डर मोहम्मद डेफसहित इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहु र पूर्वरक्षामन्त्री योअभ गालान्टविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ।

यस सम्बन्धमा जारी गरिएको विज्ञप्तिअनुसार आईसीसीको प्रि-ट्रायल चेम्बरले इजरायलले अदालतको क्षेत्राधिकारलाई दिएको चुनौतीलाई अस्वीकार गर्दै वारेन्ट जारी गरेको हो।

इजरायली सेनाले मोहम्मद डेफ जुलाईमा गाजामा भएको हवाई आक्रमणमा मारिएको जनाएको छ। तर अदालतले डेफलाई मृत मानेको छैन।

आईसीसी न्यायाधीशले भने- इजरायल र हमासबीचको युद्धमा मानवताविरुद्धको अपराध र युद्धमा तीनै जना जिम्मेवार रहेका पर्याप्त आधार छन्।

तर, इजरायल र हमास दुवैले आईसीसीको आरोपलाई अस्वीकार गरेका छन्। आईसीसीले वारेन्ट जारी गरेपछि यसलाई लागू गर्छन् वा गर्दैनन् भन्ने कुरा त्यसका १२४ सदस्य राष्ट्रमा निर्भर हुन्छ। 

यस वर्षको मेमा आईसीसी अभियोजक करिम खानले नेतन्याहु, योभ गालान्ट, मोहम्मद डेफ, इस्माइल हनिया र याह्या सिनवार विरुद्ध पक्राउ पुर्जी माग गरेका थिए। बीबीसी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad