कारोबार


बैंक छोडेर घरमै पैसा राख्ने बढे, नेपालीसँग हातमै ५ खर्ब

बैंक छोडेर घरमै पैसा राख्ने बढे, नेपालीसँग हातमै ५ खर्ब

नेपालखबर
मंसिर ५, २०८१ बुधबार १५:२३, काठमाडौँ

नेपालीसँग हातमै ५ खर्बभन्दा धेरै रकम रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ।

राष्ट्र बैंकको आर्थिक वर्ष २०८०/८१ को वार्षिक वित्तीय विवरणमा २०८० असार मसान्तसम्म सर्वसाधारणले ५ खर्ब ८१ अर्ब ७२ करोड रुपैयाँ रकम राखेको उल्लेख गरेको हो।

आव २०७९/८० मा सर्वसाधारणसँग ५ खर्ब २८ अर्ब ६९ करोड रुपैयाँ थियो। 

अघिल्लो वर्षको तुलनामा गत वर्ष १० प्रतिशत बढी सर्वसाधारणले घरमै राखेका हुन्। आव २०७८/७९ मा भने सर्वसाधारणसँग ५ खर्ब ५ अर्ब ९० करोड रुपैयाँ रहेको थियो। 

असार मसान्तसम्म सर्वसाधारणले वाणिज्य बैंकमा २ खर्ब ७२ अर्ब २९ करोड रुपैयाँ राखेका थिए भने विकास बैंकमा २३ अर्ब ५५ करोड र वित्त कम्पनीहरुमा ५ अर्ब ५४ करोड रुपैयाँ निक्षेपमा राखेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad