कारोबार


बढ्न थाल्यो सेयरबजार : साताको पहिलो दिन नै ६२ अंकको वृद्धि, कारोबार १० अर्ब नजिक

बढ्न थाल्यो सेयरबजार : साताको पहिलो दिन नै ६२ अंकको वृद्धि, कारोबार १० अर्ब नजिक

नेपालखबर
कात्तिक २५, २०८१ आइतबार १५:१२, काठमाडौँ

साताको पहिलो दिन सेयर बजार परिसूचक नेप्से ६२.५४ अंकले बढेको छ। करिब २ महिना जति साइडवेजमै चलेको बजारले तिहार पछि पहिलो वृद्धि लिएको छ।

आइतबार कारोबार सुरु भएसँगै रफ्तारमा बढ्न थालेको बजारले दिनभर उकालो यात्रा गरिरह्यो। जसले गर्दा दिनभरमा सूचक ६२.५४ अंकले बढेर २७३८.०६ अंकमा आइपुगेको छ।

आज सूचक सँगै कारोबार रकम पनि १० अर्ब नजिक पुगेको छ। यो दिन ३२५ कम्पनीको २ करोड २४ लाख कित्ता सेयर ९ अर्ब ७७ करोड रुपैयाँमा कारोबार भएको हो।

त्यसो त आज कारोबारमा आएका अधिकांश कम्पनीहरुको सेयरमूल्य बढेका छन्। कारोबारमा आएका मध्ये २२८ कम्पनीको सेयरमूल्य बढ्दा १३ वटाको भने घटेको हो।

बढ्नेमा आज गुँरास लघुवित्त, र्सिजनशील लघुवित्त, सुपरमाइ हाइड्रो अगाडि छन्। यी कम्पनीको मूल्यमा १० प्रतिशतको बृद्धि सहित सकारात्मक सर्किट लागेको हो।

यो बाहेक आज बलेफी हाइड्रो, नारायणी विकास बैंक, इष्टर्न हाइड्रो, पिपुल्स पावर र मैलुंग खोला जलविद्युत आयोजनाको मूल्य पनि सर्किट लेबलमै बढ्न पुगेको हो।

बजार दिनभर हरियाली बन्दा मूल्य घट्नेमा भने १३ कम्पनी छन्। जसमा सबैभन्दा धेरै मूल्य सानिमा ग्रोथ फण्ड र समाज लघुवित्तको छ। यी कम्पनीहरुको क्रमश: ६.७६ प्रतिशत र ४.८६ प्रतिशतले मूल्य घटेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad