कारोबार


इजिप्टमा सहरी विकासमन्त्रीले भने- नेपाल जलवायु परिवर्तनको उच्च जोखिममा छ

इजिप्टमा सहरी विकासमन्त्रीले भने- नेपाल जलवायु परिवर्तनको उच्च जोखिममा छ

नेपालखबर
कात्तिक २०, २०८१ मंगलबार १७:२८, काठमाडौँ

उपप्रधान एवं सहरी विकास मन्त्री प्रकाशमान सिंहले नेपालमा जलवायु परिवर्तनले पारेको असरबारे चर्चा गर्दै जलवायु न्यायको माग  गरेका छन्। 

इजिप्टको कायरोमा  भएको ‘सहरहरु र जलवायु संकट’ विषयक सत्रलाई सम्बोधन गर्दै उनले नेपाल जलवायु परिवर्तनको उच्च जोखिममा रहेको  बताएका हुन्। 

नेपाल जस्ता विकासोन्मुख देशहरुले धेरै कम कार्वन उत्सर्जन गरेतापनि जलवायु परिवर्तनको प्रत्यक्ष असर धेरै देखिएकाले अन्तर्राष्ट्रियस्तरको जलवायु वित्तमा सजिलो पहुँच र प्राविधिक सहयोगमार्फत मात्र जलवायु न्याय हुने कुरा विश्व समुदाय समक्ष जोडदार रुपमा उठाए। 

‘एकातिर नेपालमा तीव्र गतिमा सहरीकरण बढिरहेको छ भने अर्कोतर्फ जलवायु परिवर्तनका असरका रुपमा अतिवृष्टि, अनावृष्टि, बेमौसमी वर्षा, बाढी, पहिरो, हिम पहिरो, हिम ताल विस्फोटनलगायतका जलवायु परिवर्तनबाट सिर्जित विपद्जन्य घटनाहरु बढिरहेकाले हरेक वर्ष लाखौँ मानिसहरु प्रभावित हुनुपरेको छ’, उपप्रधानमन्त्री सिंहले  भने। 

नेपालले जलवायु परिवर्तनबाट सिर्जित विपद्बाट घरबार गुमाएका परिवारलाई निजी आवास पुनर्निर्माण र पुनर्स्थापनालागि संघ, प्रदेश र स्थानीय तहहरुको लागत साझेदारीमा अनुदान दिने व्यवस्था गरे पनि विपद्का घटनाहरु धेरै नै बढेकाले नेपाल सरकारलाई पर्याप्त वित्त व्यवस्थापनमा गाह्रो परेको  बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad