सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडद्धारा आफ्ना ग्राहकलाई लक्षित गरी ‘थोरै थोरै बचतको निरन्तरता, छाउनेछ जीवनमा सम्पन्नता’ भन्ने सोचका साथ सांग्रिला क्रमिक मुद्दती योजना सार्वजनिक गरेको छ।
यो योजना न्यूनतम मौज्दात रु ५००/ बाट सुरु गर्न सकिनेछ। यस मुद्दती योजना अन्तर्गत ग्राहकले केवल ३६ महिनाको क्रमिक मासिक बचतमा ४२ महिना बराबरको भुक्तानी प्राप्त गर्न सक्नेछन्।
साथै यस योजना अन्तर्गत ३ वर्षसम्म ब्याजदरमा कुनै परिर्वतन नहुने व्यहोरा जानकारी गराउँदछौ। यस योजनाबाट ग्राहकले अधिकतम लाभ लिन सक्ने बैंकले विश्वास लिएको छ।
बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर ९१ शाखा कार्यालयहरु, २६ एटीएम, साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ।

प्रतिक्रिया