खेल


रियल मड्रिडका सबै खेलाडी क्वारेन्टाइनमा, ला लिगा १४ दिन स्थगित

रियल मड्रिडका सबै खेलाडी क्वारेन्टाइनमा, ला लिगा १४ दिन स्थगित

नेपालखबर
फागुन २९, २०७६ बिहिबार १२:१३,

रियल मड्रिड बास्केटबल टोलीका खेलाडीमा कोरोनाको संक्रमण पुष्टि भएपछि रियल मड्रिडका फुटबल टोली सबैलाई क्वारेन्टाइनमा राखिएको जनाइएको छ।

रियल मड्रिडले फुटबल खेलाडीलाई क्वारेन्टाइनमा राखेसँगै स्पेनिस फुटबल लिग ला लिगाले सबै प्रतियोगिताहरु १४ दिन स्थगित गरेको बिहीबार घोषणा गरेको हो।

मड्रिडका खेलाडीलाई क्वारेन्टाइनमा राखिएसँगै च्याम्पियन्स लिग फुटबल समेत प्रभावित हुने अनुमान गरिएको छ।

आगामी बुधबार च्याम्पियन्स लिगमा रियल मड्रिड र म्यानचेस्टर सिटीबीच प्रि–क्वाटरफाइनलको दोस्रो लेगमा प्रतिस्पर्धा हुँदैछ। यस खेल प्रभावित हुने आशंका गरिएको छ।

पहिलो लेगमा सिटीले मड्रिडमाथि २–१ को अग्रता लिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad