खेल


आहारारा गोल्डकप : पहिलो हाफमा आर्मीविरुद्ध मनाङको अग्रता

आहारारा गोल्डकप : पहिलो हाफमा आर्मीविरुद्ध मनाङको अग्रता

नेपालखबर
फागुन २९, २०७६ बिहिबार १०:३२,

आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो सेमिफाइनलमा मनाङमर्स्याङ्दी क्लबले त्रिभुवन आर्मीविरुद्ध अग्रता बनाएको छ। पोखरा रंगशालामा जारी खेलको पहिलो हाफमा मनाङले २–१ ले अग्रता बनएको हो।

खेलको चौथो मिनेटमा नौ फ्लोरेन्टले गोल गर्दै मनाङ मर्स्याङ्दीलाई अग्रता दिलाए। सुशील लामाको कर्नरमा बिमल रानाको हेडरलाई अन्जन विष्टले मिलाइदिएको पासमा फ्लोरेन्टले वान टचमा गोल गर्न सफल भएका थिए।

१८औं मिनेटमा मनाङका अन्जन विष्टले एकल प्रयासमा गरेको प्रहार सदुपयोग हुन सकेन। १९औं मिनेटमा आर्मीका कप्तान भरत खवासको प्रहारलाई मनाङका गोलरक्षक सोजित गुरुङले नियन्त्रणमा लिए।

२२औं मिनेटमा सन्तोष तामाङको फ्रिकिकमा जर्जप्रिन्स कार्कीको प्रहार आकाशियो। २४औं मिनेटमा दयानन्द सिंहले वान भर्सेस वानकै अवस्थामा गरेको प्रहार फितलो बन्दा मनाङ अग्रता दोब्बर पार्नबाट चुक्यो।

२९औं मिनेटमा बिमल रानाले गोल गर्दै मनाङको अग्रता दोब्बर पारे। अन्जन विष्टको पासमा अनमार्क रहेका बिमलले दोस्रो बार च्याप्दै गरेको प्रहार आर्मीका गोलरक्षक विवश चौधरीले रोक्ने कुनै मौका नै पाएन।

४१औँ मिनेटमा आर्मीका कप्तान भरत खवासले गोल गर्दै खेललाई २-१ को अवस्थामा ल्याए। सुमन अर्यालको क्रसमा नवयुग श्रेष्ठले हेडमार्फत मिलाइदिएको पासलाई भरतले जाली चुमाएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad