कारोबार


साउदी गए भौतिक पूर्वाधारमन्त्री देवेन्द्र दाहाल

साउदी गए भौतिक पूर्वाधारमन्त्री देवेन्द्र दाहाल

नेपालखबर
कात्तिक १६, २०८१ शुक्रबार १५:३४, काठमाडौँ

भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल आज साउदी अरेबियाको रियाद प्रस्थान गरेका छन्।

सडक सुरक्षाबारे तीन दिनसम्म चल्ने अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन साउदी गएका हुन्। 

रियादमा यही नोभेम्बर २ देखि ४ तारिखसम्म हुने सडक सुरक्षासम्बन्धी सम्मेलन हुँदै छ। उनको साथमा धर्मपत्नी दिलमाया कार्की, सल्लाहकार हर्कराज राई र सूचना प्रविधि विज्ञ मनोज दाहाल समेत सहभागी रहनेछन्। 

इन्टरनेशनल रोड फेडेरेसन, आईआरएफ ग्लोबल र साउदी अरेबियाको यातायात मन्त्रालयले आयोजना गरेको उक्त सम्मेलनमा विभिन्न राष्ट्रका प्रतिनिधि एवम् विज्ञहरुले सडक सुरक्षासम्बन्धी विभिन्न कार्यपत्रहरु पेस गरी छलफल हुने कार्यक्रम छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad