कारोबार


अर्को वर्ष महँगी ५ प्रतिशतले घट्ने विश्व बैंकको प्रक्षेपण, यी वस्तुको घट्नेछ मूल्य

अर्को वर्ष महँगी ५ प्रतिशतले घट्ने विश्व बैंकको प्रक्षेपण, यी वस्तुको घट्नेछ मूल्य

नेपालखबर
कात्तिक १६, २०८१ शुक्रबार १५:४२, काठमाडौँ

विश्व बैंकले सन् २०२५ मा विश्व महंगी दरमा ५ प्रतिशतले गिरावट आउने उल्लेख गरेको छ।

विश्वव्यापी रुपमा ३ वर्ष लगातार बढेको वस्तुको मूल्य २०२५ र २०२६ मा घट्ने विश्व बैंकले जनाएको हो। 

विश्व बजारमा पेट्रोलियम पदार्थको मूल्य घटेसँगै वस्तुको मूल्यमा  २०२५ मा ५ प्रतिशत र २०२६ मा थप २ प्रतिशत घट्ने विश्व बैंकको रिपोर्टमा उल्लेख छ। त्यसबाहेक विभिन्न धातु र कृषिजन्य कच्चा पदार्थको मूल्य घट्ने प्रक्षेपण गरिएको छ। 

अहिले पेट्रोलियम पदार्थको कच्चा तेल ८० डलर प्रतिब्यारेल लिटर छ भने २०२५ मा ७३ डलर हुने २०२६ मा प्रतिब्यारेल ७२ डलरमा झर्ने अनुमान छ।

सन् २०२० को दरमा वस्तुको मूल्य घट्ने अनुमान गरिए पनि २०१५–२०१९ को तुलनामा ३० प्रतिशत बढी हो। 

त्यसैगरी कृषि क्षेत्रको मूल्य २०२५ मा ४ प्रतिशतले घट्ने अनुमान छ। फलाम, आल्मुनियम, तामाजन्य धातुको मूल्य २०२४ मा ६ प्रतिशतसम्म घटेकाले २०२५ मा नबढ्ने आकलन छ। मध्यपूर्वको राजनीतिक तनावले पेट्रोलियम पदार्थको मूल्यमा तलमाथि हुन सक्ने आकलन छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad