भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले मंगलबार यातायात व्यवस्था विभागमा आकस्मिक अनुमगन गरेका छन्।
मन्त्रालयका सचिव केशवकुमार शर्मासहित मन्त्री दाहाल अपराह्न अनुगमनका लागि मिनभवनस्थित विभागको कार्यालय पुगेका हुन्।
उनले सेवाग्राहीहरुसँग समेत संवाद गरी विभागबाट प्रवाह भइरहेको सेवाबारे जानकारी लिए। सेवाग्राहीहरुले छिटो छरितो सेवा प्रवाहको वातावरण बनाइदिन आग्रह गरेका थिए।
सेवाग्राहीसँग कुराकानीपछि उनले लाइन नलागी सेवा लिने व्यवस्था मिलाउन विभागलाई निर्देशन दिए। टोकन प्रणाली लागू गरी सेवा लिने प्रबन्ध गर्न उनले निर्देशन दिए।
यसैगरी मन्त्री दाहालले डिजिटल सवारी चालक अनुमति पत्र र इम्बोस्ड नम्बर छपाइबारे पनि जानकारी लिए।
प्रदेशस्तरबाट समेत छपाइ सुरु भएकाले विभागमा चाप केही घटे पनि डिजिटल कार्ड छपाइलाई चुस्त र नियमित बनाइएको बताए।
Shares

प्रतिक्रिया