ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले राष्ट्रिय सभामा छलफलको रुपमा रहेको नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता विधेयक चाँडो पास हुने बताएका छन्।
वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको २८औँ वार्षिकोत्सवमा उनले नवीकरणीय ऊर्जाको विकासका लागि उक्त विद्येयकलाई चाँडो पास गरिने बताएका हुन्।
‘नवीकरणीय ऊर्जालाई समयसापेक्ष रुपमा विकास गर्नका लागि आवश्यक विधेयक, ऐन, नियमलाई चाँडो पास गछौँ’, मन्त्री खड्काले भने।
‘हामीसँग भएको स्रोत र साधनको भरपूर प्रयोग गरी सरकारले राखेको लक्ष्य पूरा गर्न लाग्नुपर्छ’, उनले भने।
ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङले नवीकरणीय ऊर्जाको पहुँचमार्फत विद्युतको पहुँच पुर्याउन र देश खाना पकाउने स्वच्छ ऊर्जा प्रविधि प्रवर्द्धनका लागि केन्द्रले गरेका कार्यहरु सह्राहनीय रहेको बताए।
वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका कार्यकारी निर्देशक नवराज ढकालले केन्द्रले स्थापनाकालदेखि हालसम्म आइपुग्दा ४० हजार २५३ किलोवाट लघु तथा साना जलविद्युत आयोजना निर्माण गरिसकेको जानकारी दिए।
यस्तै, ११ हजार १०४ सुधारिएको पानीघट्ट जडान, नौ लाख ९६ हजार ६४७ घरेलु सौर्य विद्युत प्रणाली जडान, चार हजार ३३२ संस्थागत सौर्य विद्युत प्रणाली जडान, तीन हजार ९७ किलोवाट पिक सौर्य मिनिग्रीड जडान गरिसकेको बताए।
Shares

प्रतिक्रिया