कारोबार


३ कम्पनीको सेयरमा सकारात्मक सर्किट, ४६ अंकले बढ्यो नेप्से

३ कम्पनीको सेयरमा सकारात्मक सर्किट, ४६ अंकले बढ्यो नेप्से

फाइल तस्बिर (एआई)


नेपालखबर
कात्तिक १३, २०८१ मंगलबार १५:१४, काठमाडौँ

सेयरबजार परिसूचक नेप्से ४६.६९ अंकले बढेको छ। योसँगै २६९२.०५ विन्दुमा पुगेको हो। 

नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलबार ६ अर्ब १२ करोडको सेयर किनबेच भएको छ। १ करोड ३३ लाख कित्ता सेयर बिक्रीमा उक्त कारोबार भएको हो। 

आज २२१ कम्पनीको सेयर मूल्य बढेको दिन १७ वटाको भने घटेको र ५ वटाको उही मूल्यमा कारोबार भएको छ। 

आज तीनवटा कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ। सप्तकोशी डेभलपमेन्ट बैंक, सानिमा जीआईसी इन्स्योरेन्स र कुथेली बुखारी स्मल हाइड्रोपावरको सेयर १० प्रतिशतले बढेको हो। उक्त दरले सेयर बढ्दा लगानीकर्ताले क्रमशः ५७, ६४.५० र २३५.५० रुपैयाँ प्रतिसेयर आम्दानी गरेका छन्। 

यीबाहेक कर्पोरेट डेभलपमेन्ट बैंकको ९.९८ प्रतिशतले र समाज लघुवित्तको ९.१८ प्रतिशतले सेयर बढेको छ। 

गिरावटतर्फ आज २ प्रतिशतभन्दा कम मात्रै सेयर मूल्य घटेको छ। कारोबारमा भने आज समृद्धि फाइनान्सको २४ करोड ७१ लाख, पिपुल्स हाइड्रोपावर कम्पनीको १६ करोड ८० लाख, सप्तकोशी डेभलपमेन्ट बैंकको १४ करोड २२ लाख, जानकी फाइनान्सको १३ करोड ८५ लाख र साहस ऊर्जा लिमिटेडको १२ करोड १८ लाखको सेयर किनबेच भएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad