नेपाली बजारमा अमेरिकादेखि चिनियाँ तास आउने गरेको छ।
चाडपर्वलाई लक्षित गरेर ३ महिनामै पौने १२ करोडको तास आयात भएको हो।
साउनदेखि असोजसम्म चीनबाट १० करोड ६३ लाखको तास नेपालमा भित्रिएको छ। भारतबाट १ करोड १३ लाखको भित्रिएको हो।
त्यसबाहेक थोरै मात्रामा बेलायत र अमेरिकाबाट तास आयात भएको भन्सार विभागले उल्लेख गरेको छ।
नेपालमा दशैँ र तिहारमा बढी तासको खपत हुन्छ। सरकारले खुल्ला रुपमा तास आयात गर्न दिए पनि बाजी राखेर खेल्दा पक्राउ गरी थुन्ने गरेको छ।
72
Shares

प्रतिक्रिया