कारोबार


९ देशमा पुग्छ नेपालको अचार, ३ महिनामा झण्डै ८ करोड आम्दानी

९ देशमा पुग्छ नेपालको अचार, ३ महिनामा झण्डै ८ करोड आम्दानी

पूर्वसांसद शान्ता चौधरीसँग अचार किन्दै केपी शर्मा ओली। चौधरीले अचार उद्योग नै खोलेकी छिन् (फाइल तस्बिर : ओलीको फेसबुक)


नेपालखबर
कात्तिक ८, २०८१ बिहिबार १२:५४, काठमाडौँ

नेपालले पछिल्लो ३ महिनामा ८४ हजार ७ सय ९९ किलोग्राम अचार निर्यात गरेको छ। 

उक्त निर्यातबाट ७ करोड ८० लाख ३१ हजार रुपैयाँ आर्जन भएको हो। 

भन्सार विभागका अनुसार ९ वटा देशमा नेपालबाट अचार निर्यात हुने गरेको छ। 

अस्ट्रेलिया, बेल्जियम, क्यानडा, डेनमार्क, इटली, जापान, मलेसिया, बेलायत र अमेरिकामा नेपालले अचार निर्यात गर्दै आएको छ। 

साउन, भदौ र असोज महिनामा अस्ट्रेलियामा ३१ हजार ७३८ किलो अचार निर्यात गरेको नेपालले २ करोड ८५ लाख ५६ हजार रुपैयाँ कमाएको छ।

त्यसैगरी बेल्जियममा ६ हजार किलो निर्यातबाट ३६ लाख ४१ हजार, क्यानडामा ३ हजार ९०७ किलो निकासीबाट ४० लाख ८८ हजार, डेनमार्कमा १ हजार ५७३ किलो निर्यातबाट १६ लाख ९६ हजार, इटलीमा १५ हजार ९७५ किलोबाट १ करोड ६४ लाख ४० हजार रुपैयाँ कमाएको छ। 

यसबाहेक जापानमा ८ हजार ९०४ किलो अचार पठाएर ६९ लाख ४६ हजार, मलेसियामा ४५० किलो निर्यातबाट ३ लाख ८० हजार, बेलायतमा २ हजार ६४ किलोबाट १७ लाख ४६ हजार र अमेरिकामा १४ हजार १८८ किलो निर्यातबाट १ करोड ४५ लाख ३७ हजार रुपैयाँ आम्दानी गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad