लगातार दुई दिन उच्च अंकले घटेको सेयरबजार आज २५.८८ अंकले बढेको छ।
नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलबार बजार ०.९८ प्रतिशतले बढेर २६६५.८१ विन्दुमा फर्किएको हो।
योसँगै आज ४ अर्ब १७ करोड १६ लाखको किनबेच भएको छ। कुल १ करोड कित्ता सेयर बिक्रीमा उक्त परिमाणको कारोबार भएको हो।
आजको कारोबारमा १९९ कम्पनीको सेयर मूल्य बढ्दा ४० वटाको घटेको र ५ वटाको उही मूल्यमा कारोबार भएको छ।
मंगलबार रावा इनर्जी डेभलपमेन्टको ८.८६ प्रतिशत, मनकामना इन्जिनियरिङ हाइड्रोको ७.८२ प्रतिशत, थ्रीस्टार हाइड्रोपावरको ६.३६ प्रतिशत, महुली लघुवित्तको ६.१० प्रतिशत र मैलुङ खोला जलविद्युत् कम्पनीको ६.०९ प्रतिशतले सेयर मूल्य बढेको छ।
कम्पनीको सेयर मूल्य बढ्दा सेयरधनीले क्रमशः ७०, २९, ५५, ९४ र २६.९० रुपैयाँ प्रतिसेयर आम्दानी गरेका छन्।
गिरावटतर्फ विन नेपाल लघुवित्त, सिक्लेस हाइड्रोपावर लगायत छन्। यी कम्पनीको सेयर अधिकतम ४.७५ प्रतिशतसम्मले घटेको छ।
कारोबारतर्फ आज गुडविल फाइनान्सको १७ करोड, कुमारी बैंकको १३ करोड, हिमालयन रि इन्स्योरेन्सको १२ करोड, पिपुल्स हाइड्रोपावरको १० करोड र नेपाल एसबीआई बैंकको ८ करोडको कारोबार भएको छ।
Shares

प्रतिक्रिया