कारोबार


सिन्धुलीको बेलिब्रिजमा चल्नथाले गाडी, इन्जिनियर र सेनालाई मन्त्रीले गरे सम्मान

सिन्धुलीको बेलिब्रिजमा चल्नथाले गाडी, इन्जिनियर र सेनालाई मन्त्रीले गरे सम्मान

नेपालखबर
कात्तिक ६, २०८१ मंगलबार १५:२०, काठमाडौँ

भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले सिन्धुली र रामेछाप जोड्ने सुनकोशी नदीको बेलीब्रिज निर्माण कार्यमा खटिएका प्राविधिक एवम् नेपाली सेनाका जवानहरुलाई सम्मान गरेका छन्। 

असोज १२ को बाढीका कारण क्षतिग्रस्त बनेको सो पुल द्रुत गतिमा निर्माण गरी सवारी आवागमन सुचारु गराउन महत्त्वपूर्ण योगदान पुर्‍याएको भन्दै उनले सम्मान  गरेका हुन्। 

मंगलबार बीपी राजमार्गअन्तर्गत सिन्धुली एवम् रामेछापको सडक अनुगमन गर्दै पुल निरीक्षणका लागि पुगेका मन्त्री दाहालले विपत्तिका कारण अवरुद्ध भएको यातायात सञ्चालनका लागि खटिने सवै पक्ष धन्यवादको हकदार रहेको पनि  बताए। 

सडक विभागका महानिर्देशक रामहरी पोखरेल, संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय काठमाडौका प्रमुख शुभराज न्यौपाने, पुल महाशाखा प्रमुख लिलजन खनाल सहितको टोलीले सडक अनुगमन गरेको हो।

त्यस क्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङसहित स्थानीय जनप्रतिनिधि पुगेका थिए। 

बाढीले क्षतिग्रस्त बनाएको सो पुलबाट पुनर्निर्माणपश्चात् भारवहन क्षमता परीक्षण गरी यात्रुवाहक सवारी साधनहरु सञ्चालनमा ल्याइएको मन्त्रालयले जनाएको छ।

हेटौंडाबाट ट्रकमा लगेर बेलिब्रिज जडान गरिएको छ। बाढीले बगाएको २५ दिनपछि पुल सञ्चालनमा आएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad