कारोबार


एभरेष्ट बैंकद्वारा डा. भगवान कोइरलाको अस्पताललाई एक करोड सहयोग

एभरेष्ट बैंकद्वारा डा. भगवान कोइरलाको अस्पताललाई एक करोड सहयोग

नेपालखबर
कात्तिक १, २०८१ बिहिबार २०:२५, काठमाडौँ

एभरेष्ट बैंक लिमिटेडले आफ्नो ३० औं वार्षिकोत्सव विविध कार्यक्रम गरी मनाएको छ।

बैंकको प्रधान कार्यालय, लाजिम्पाटमा शुक्रबार आयोजित कार्यक्रममा रक्तदान तथा बैंकमा लामो समयसम्म सेवा गर्ने कर्मचारीहरुलाई दीर्घ सेवा पदक तथा कदर पत्र वितरण गरिएको छ।

बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यक्रम घोषणा समेत गरेको छ। बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षा, स्वास्थ्य, दैवी प्रकोप, वातावरण संरक्षण, संस्कृति प्रबर्धन लगायतका क्षेत्रहरूमा सहयोग तथा परोपकारी कार्य गर्दै आइरहेको छ।

३० औं वार्षिकोत्सवको अवसरमा काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ अस्पताललाई भवन निर्माण कार्यका लागि बैंकको तर्फबाट रु एक करोड को आर्थिक सहयोग गरेको छ।

उक्त कार्यक्रममा, एभरेष्ट बैंकका सञ्चालक समितिका अध्यक्ष बालगोपाल बैद्य र प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले संयुक्त रुपमा अस्पतालका अध्यक्ष प्रा.डा. भगवान कोइरालालाई उक्त चेक हस्तान्तरण गरे।

यसबाट अस्पताल निर्माणमा थप टेवा पुग्ने र बालबालिकाहरुले सुलभ तथा गुणस्तरीय स्वास्थ सेवा प्राप्त गर्ने बैंकले विश्वास लिएको छ।

सामाजिक उत्तरदायित्व अन्तर्गतनै बैंकले नेपाल रेडक्रस सोसाइटी, बागबजार काठमाडौंकोे सहकार्यमा रक्तदान कार्यक्रम गरेको छ। उक्त कार्यक्रममा बैंकका कुल ४८ जना कर्मचारीले रक्तदान गरेका छन्।

पंजाब नेसनल बैंक, भारतसँगको संयुक्त लगानीमा स्थापित यो बैंक स्थापना कालदेखि नै ग्राहकहरूको पहिलो रोजाइमा रहेको छ।

करिब १४ लाख ग्राहक संख्या रहेको यस बैंकका देशभर १२९ शाखा कार्यालय, ३ एक्सटेन्सन काउण्टर, ७ प्रादेशिक कार्यालयहरु र १६७ एटिएम मेशीनसहित विश्वब्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल, इन्टरनेट र एसएमएस बैकिंङ सुबिधा प्रदान गर्दै आइरहेको छ।

यस बैंकले विभिन्न ३२ स्थानबाट नेपाल सरकारको राजस्व संकलन कार्य समेत गर्दै आइरहेको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad